सुनसरी । भारतमा २४ घण्टामा ६७ हजार कोरोना संक्रमित थपिए
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो २४ घण्टाकोभन्दा धेरै हो । अघिल्लो २४ घण्टा ६० हजार ९६३ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २३ लाख ९६ हजार ६३७ पुगिसकेको छ भने ४७ हजार ३३ को ज्यान गइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ९४२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म विश्वमा ७ लाख ४४ हजार ३८५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ४ लाख ३९ हजार ८१४ पुगेको छ ।