सुनसरी । कोरोना संक्रमणबाट मृत्यु हुने मुलुकमा भारत विश्वकै चौथो, गएको चौबीस घण्टामा ९४२ जनाको मृत्यु
एजेन्सी । कोरोना संक्रमणबाट मृत्यु हुने मुलुकमा भारत विश्वकै चौथो स्थानमा आएको छ । बेलायतलाई पछि पार्दै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याका आधारमा भारत विश्वकै चौथो मुलुकमा परेको हो ।
भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म कोभिड(१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा मात्र ४७ हजार ३३ जना पुगेको छ । उता बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ४६ हजार सात सय ९१ पुगेको छ ।
कोरोना भइरसको संक्रमणबाट विश्वमा सबैभन्दा बढी अमेरिकामा रहेका मानिसको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमणबाट धेरै मृत्यु हुने मुलुकको दोस्रो नम्बरमा ब्राजिल रहेको छ भने तेस्रो नम्बरमा मेक्सिको परेको छ । कोरोना संक्रमणबाट विश्वमै धेरै मानिसको मृत्यु हुने मुलुकको चौथो नम्बरमा भारत परेसँगै पाँचौं नम्बरमा इटली रहेको बीबीसीले समाचारमा जनाएको छ ।
विश्वमा अधिक कोरोना संक्रमण संक्रमण देखिएको मुलुकमा भने भारत तेस्रो नम्बरमा पर्छ । अमेरिका र ब्राजिल क्रमशस् विश्वमै अधिक मानिसमा कोरोना संक्रमण देखिएका मुलुक हुन् । भारतमा पछिल्लो चौबीस घण्टाको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या मृत्युको रेकर्ड दिनहुँ बढिरहेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा भारतमा ६६ हजार नौ सय ९९ जना नयाँ संक्रमित फेला परेका छन् । यस्तै गएको चौबीस घण्टामा भारतमा नौ सय ४२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
(साभार : बाह्रखरीबाट)