लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काममा व्यस्त थिए । तर, फेरि देशभर कोरोना संक्रमितको संख्या बढेपछि पलले सम्पूर्ण म्यूजिक भिडियो छायांकनको काम रोकेका छन् ।
पलले सामाजिक संजालमा समय–समयमा आक्रोश व्यक्त गर्दै आएका छन् । केही समय अगाडि उनले आफूलाई पारिश्रमिक नदिएको भन्दै एक चलचित्रका निर्मातामाथि आक्रोश पोखे । उनै पलले फेरि आफ्नो पछाडि बसेर कुरा काट्नेमाथि आक्रोश पोखेका छन् ।
घुमाउरो भाषामा पल लेख्छन्–‘अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् । तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन् । शान्त समुन्द्रको लहरासँग खेल्दै रमाइलो मान्छन् । शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीका लागि अरुलाई प्रहार गरिरहन्छन् । फलस्वरुप समुन्द्रले भयंकर सुनामीको रुप लिन्छ ।’