• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home फिचर न्युज

शिक्षामा अनिश्चयता

हाम्रो शब्द by हाम्रो शब्द
साउन ३२, २०७७
0
SHARES
0
VIEWS
Share on Facebook

काठमाडौं -गत साता भरी प्रकाशित शिक्षाका खबर, विचार र विषयहरु मध्ये कोभिड १९ को आपतकालीन अवस्थामा शिक्षाको विषय नै सबै भन्दा धेरै थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खोल्ने सम्बन्धमा यसको कार्यढाँचा तयार गर्दै गरेको र सासंदहरुले विभिन्न क्षेत्रका लागि फरक फरक ढाँचा तयार गर्न सुझाव दिएको विषय गत साताका मुख्य विषय हुन् । शिक्षा मन्त्री गिरीराजमणि पाखरेलले शुक्रबार संसदको स्वास्थ्य र शिक्षा समितिमा भदौको अन्त्यसम्ममा सबै सामुदायिक विद्यालयका शिक्षक कार्यस्थलमा पुग्ने बताएको विषय मुख्य समाचारको रुपमा प्रकाशित भयो । उनका अनुसार गृह मन्त्रालयले शिक्षकका लागि आवश्यक पर्ने यात्रा अनुमति र आवश्यक परेमा पिसिआर परीक्षणका लागि समेत मध्यस्थता गर्ने भएको छ ।

यद्यपी पछिल्लो साताको सोमबार मन्त्रीपरिषद्ले अर्को सूचना नआएसम्म विद्यालयमा भर्ना नखोल्ने निर्णय गरेको छ । यस भन्दा पहिले सरकारले भदौ १ बाट भर्ना र परीक्षाका काम सुरु गर्ने निर्णय गरेको थियो ।
कोभिडको संक्रमण फैलिदै गएको र यसको त्रास बढीरहेको अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना नआएसम्मका लागि कक्षा ११ को परीक्षा लिने कार्य नगर्न निर्देशन दिएको छ । यस अघिको सूचनाका आधारमा केही कलेज तथा विद्यालयहरुले १ महिना भित्र परीक्षा सञ्चालनको तयारी गरिरहेको विषय समाचारमा उल्लेख गरिएको छ । समाचारमा जनाए अनुसार परीक्षा बोर्डको, बोर्ड वैठक बस्न ढिला हुँदा कक्षा १० को नतिजा प्रकाशनमा ढिलाई भएको छ ।

गत साताको अर्को मुख्य समाचारको रुपमा निजी विद्यालयहरुले कक्षा ११ र १२ को पाठ्यक्रम कार्यान्वयनको विरोध गरेको रहेको छ । नयाँ पाठ्यक्रम प्रारुप अनुसार कक्षा ११ र १२ मा सामाजिक र जीवनोपयोगी शिक्षा अनिवार्य विषय भएको छ ।

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैकल्पिक सिकाइको रुपमा सञ्चालित कोचिङ् तथा ट्युशन सेण्टरलाई पठनपाठन रोक्न निर्देशन दिएको विषय पनि समाचारको रुपमा आएको छ । कोभिडको कारण विद्यालय बन्द भए पछि सिकाइ निरन्तरताका लागि सरकारले वैकल्पिक सिकाइ निर्देशिका जारी गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप निर्देशकले वैकल्पिक सिकाइको प्रभावकारीता स्थानीय तह, शिक्षक र अभिभावकको समन्वयमा भर पर्ने बताएका छन ।अनलाइन कक्षा सम्बन्धी समाचार र विचारहरु पनि गत साता प्रकाशन भएका छन । विचारमूलक आलेखमा प्रत्यक्ष कक्षाबाट अनलाइन कक्षामा रुपान्तरण हुँदा त्यसका समस्या र त्यसको बाटोमा अप्ठ्यारो भएको विषय उल्लेख गरिएका छन् । यसले हुने र नहुनेका बीचमा डिजिटल खाडल सिर्जना गर्नुका साथै बालबालिकाहरुको मानसिक स्वास्थ्यमा समेत असर पार्नेछ । साथै आलेखमा यो शिक्षकको क्षमता परीक्षण हुने समय पनि भएको उल्लेख गरिएको छ । यसैगरी बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गर्नका लागि निर्देशिकाको आवश्यकता सम्बन्धी चर्चा पनि गरिएको छ ।

कोभिड संक्रमणले केही चुनौतीको साथै शिक्षणका सिप तथा व्यवस्थापन र शासन प्रणालीको साथै विभिन्न सिपको नवीकरण गरी अगाडी बढ्ने अवसर पनि सिर्जना गरेको छ ।

नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्तिको माग राखी गरेको अनसन सम्बन्धी समाचारले निरन्तरता पाएको छ । यसैगरी वीरगंजमा जिल्ला प्रशासन कार्यालयबाट ३ जना नेविसंघका सदस्य पक्राउ परेका छन् । समाचारमा उल्लेख भए अनुसार उनीहरुले अस्पतालले विरामी भर्ना गर्न अस्वीकार गरेको विषयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइ प्रशासन कार्यालय परिसरमा आन्दोलन गरेका थिए । यसै गरी अर्को दिनको समाचारमा त्रिविको उपकुलपति र रजिष्ट्रारको कार्यालय तोडफोडमा संलग्न नेविसंघका सातजना सदस्यहरु पक्राउ परेको उल्लेख छ । उच्च अदालत पाटनको आदेशमा प्रहरीले नेविसंघ तथा अन्य संगठनले लगाएका ताला तोडे पछि यो घट्ना भएको हो ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक र अनुसन्धान केन्द्र भन्दा पनि द्वन्द्वको लागि खेलमैदान भएको छ र यसका पदाधिकारीहरुले आफ्नो नियुक्तिको मर्यादा बचाउन पनि सकिरहेका छैनन् ।

समाहित शिक्षा र पहुँचको विषयमा यो साता प्रकाशित विभिन्न फिचर समाचार, लेख, सम्पादकीय र विचारमूलक आलेखहरुमा प्रभावकारी उपायहरु अवलम्बन नगरेमा शैक्षिक सत्र नै रद्ध हुने जोखिम भएको विषय उल्लेख गरिएका छन । समाचारमा उल्लेख गरिए अनुसार शैक्षिक सत्रका चार महिना विबतसकेको र बाँकी ८ महिनामा १ सय ९० दिन पढाइ हुने दिन सुनिश्चित गर्नु पर्ने छ । विज्ञहरुले जनाए अनुसार कोभिडको जटिल परिस्थिति सामना गर्ने स्पष्ट रणनीति तय नगरेमा शैक्षिक सत्र रद्ध हुने संभावना छ । पाठक पत्रमा शिक्षक र प्रअलाई दोष लगाइएको छ । अर्को एक विचारमूलक आलेखमा दुईमध्ये एक (४९ प्रतिशत) छात्राहरू विद्यालय छोड्ने जोखिममा रहेको उल्लेख गरिएको छ ।

माहामारीको यो परिस्थितिले प्राज्ञिक क्षेत्रमा अवसर सिर्जना गरेको छ । कोभिड १९ को यो संकट जन्य परिवेशमा अन्य क्षेत्र जस्तै प्राज्ञिक क्षेत्रले कसरी यसको सामना गर्छ भन्ने विषय महत्वपूर्ण रहेको छ ।
यसैगरी सिटीइभिटीले प्राविधिक शिक्षालयको अनुमति दिने अधिकार प्रादेशिक परिषद्लाई दिएको विषय पनि सञ्चार माध्ययममा आएको छ । सरकारले यसै हप्ता स्वीकृत गरेको चिकित्सा शिक्षा नियमावली ऐनको भावना विपरित भएको उल्लेख गरिएको छ । यसले मध्यम स्तरीय स्वास्थ्यकर्मी तयार गर्ने सिएमए र अनमि जस्ता कोर्ष हटाउने वा अपग्रेड गर्ने उल्लेख गरेको छ । समाचारमा मेडिकल कलेजहरुले कोरोना महामारीको समयमा अभिभावक तथा विद्यार्थीलाई शुल्क तिर्न दबाब दिएको विषय पनि उल्लेख गरिएको छ ।

साताका अन्य समाचारहरुमा पृथ्वी नारायण क्याम्पस पोखराका आंशिक शिक्षकहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका छन् । श्रीलंकामा सरकारी स्कुल खुलेका छन् । त्रिभुवन विश्वविद्यालयले परीक्षा नलिइ माथिल्लो तहका कक्षा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरका प्रमुखले सामुदायिक स्कुलको गुणस्तर सुधार गर्ने र निजी विद्यालय बन्द नगर्ने बताएका छन् । नेकपाका कार्यकर्ताले कालिका आधारभूत विद्यालय मुगुका शिक्षक विष्णुराज धामीलाई कुटपिट गरेका छन् । यस्तै त्रिवि तथा उच्च शिक्षामा परीक्षाको वैकल्पिक माध्यम प्रयोगको आवश्यकता भएको, डिजिटल सेमिनार तथा नेपाल एडु फेयरमा विद्यार्थीको बढ्दो आकर्षण जस्ता विषयहरु रहेका छन् ।

‘शिक्षामा यो साता’ छापा माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ ।

Post Views: 56
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

आफ्नै भवन बनाउँन भासी क्याम्पसलाई १० कठ्ठा जग्गा

माघ १२, २०७७
राजनीति

प्रचण्ड–माधव समुहको अनेरास्ववियू जनता क्याम्पस संयोजक बने आदित्य

माघ ५, २०७७
ब्यानर न्युज

हाम्रो शब्द समाचार प्रभाव : मुसहर बस्तीमा शैक्षिक सामग्री लिएर पुगे जसपा रामधुनीका अध्यक्ष खड्का

माघ ४, २०७७
शिक्षा

‘रामधुनीमा चाँडै पुस्तकालय बन्छ’

माघ १, २०७७
ब्यानर न्युज

विद्यालयमा टिक्दैनन् रामधुनीका मुसहर बालबालिका

पुस २२, २०७७
मुख्य समाचार

पूर्वप्रधानमन्त्री डा.भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्श’ बजारमा

मंसिर २६, २०७७
Next Post

कोरोना कहर : मास्क लगाएर टोलटोलमै पढाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द