रामधुनी । इटहरीकी अपाङ्ग बालिकालाई बलात्कार गरी फरार रहेका कृष्णप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
करिब दुई महिनाअघि इटहरी उपमहानगरपालिका वडा नं १६ की अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोप खेपिरहेका ढकाललाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो ।
ढकाललाई इटहरी–१७ बाट सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले जानकारी दिए ।
४८ वर्षीय ढकालले गत साउन ९ गते अपाङ्ग बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितको उजुरीको आधारमा उनको खोजी कार्य तीव्र पारिएको थियो ।
ढकालविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको भएपनि लामो समयदेखि उनी फरार थिए ।