रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ इन्चार्ज एवम सांसद भिम आर्चायले धरान २० आँपटारका पहिरोपीडितहरुसँग भेटघाट गरेका छन् । नेकपाका अन्य नेताहरुसँगै आचार्य पहिरोस्थलमा पुगि स्थलगत निरिक्षण गरेको हुन् ।
आचार्यले पहिरोको कारण विस्थापित भएका सातै परिवारको घर पूननिमार्णका लागि प्रदेश सरकारसँग पहल गर्ने प्रदिवद्धतासमेत जाहेर जाहेर गरेका छन् ।
नेकपाका स्थानीय नेताहरुसँगसमेत यो समस्या समाधानको लागि उनले छलफल गरेका छन् । छालफलबारे हाम्रो शब्दसँग नेकपा धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले भन्ने, ‘उहाँले पहिरोले के कति क्षति भयो ? विस्थापित परिवारका समस्या के छन् भनेर स्थलगतरुपमा गएर बुझ्नु भएको छ । हामीसँग पनि छलफल भयो । पुर्नस्थापना कहाँ गर्ने भन्ने समस्या छ । त्यसबारे पनि उहाँले जग्गा खोजी गर्न भन्नुभएको छ ।’
निरन्तर बर्षाले गर्दा एक साताअघि धरान २० विष्णुपादुकाको आँपटार क्षेत्रमा पहिरोसँगै जमिन चिरा परेर ७ घरमा पुर्णरुपमा बस्न नमिल्ने गरि क्षति पुगेको थियो । ती परिवारलाई सुरक्षित जग्गामा टेण्ट हालेर राखिएको छ ।विस्थापितहरुलाई कहाँ बासको व्यवस्था गर्ने भन्ने चिन्ता छ भने तत्कालको लागि खानेपानी र शौचालयको पनि समस्या छ । विस्थापितहरुलाई केही संघसंस्थाहरुले राहत पनि वितरण गरिरहेका छन् । आचार्यले खानेपानी र शौचालयको पनि चाडै व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आचार्यसँग प्रदेश सांसद उमिता बराइली लगायतका स्थानीय नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।