बेलका । उदयपुरको बेलका नगरपालिकाका किसानहरुले लगाएको कृषिवालीमा समस्या भएपछि उपचार गर्न नगर कृषि शाखाले घुम्ती शिबिर संचालन गरेको छ ।
खेतिबालीमा गवारो, पात कुहिने, सुलसुले, गानों कुहिने, पात खाने किरा लगायतका समस्या देखिन थालेपछि शिबिर संचालन गरिएको नगर प्रेस संयोजक ललित राईले जानकारी दिए ।
कृषिवालीमा लागेको रोग तथा किराहरुको उपचारका लागि ‘प्लान्ट क्लिनिक’ र नगरपालिकाले ९ वटै वडाहरुमा घुम्ती शिबिर संचालनमा ल्याएको हो ।
बुधबारदेखि सुरु गरिएको शिबिर पहिलोपटक वडा नं ८ सोमवारेमा संचालन गरी १ सय बढी किसानहरुलाई धान लगायत आफ्नो बालीमा भएको समस्या अनुसार औषधीहरु वितरण गरिएको राईले बताए ।
कृषकहरुलाई कार्यक्षेत्रमै पुगेर कृषि प्राविधिकहरुले कृषिवालीमा भएका समस्याहरुको नमुनाको आधारमा उपचारलाई थप प्रभावकारी बनाउँदै लगिने नगरपालिकाले जनाएको छ ।
किसानहरुले लगाएको बाली तथा विरुवाहरुमा किराहरुले दुःख दिन थालेपछि नगरपालिकाले शिबिर नै संचालन गरेको हो ।