रामधुनी । सुनसरीको रामधुनीबाट शुभयुग मिडिया (हाम्रो शब्द डट कम) प्रालिको आयोजनामा फोटो प्रतियोगिता संचालन भइरहेको छ ।
आइतबार रामधुनीमा पत्रकार सम्मेलन गर्दै शुभयुग मिडिया प्रालिले ‘हाम्रो शब्द फोटो प्रतियोगिता २०७७’ संचालन गर्ने जानकारी दिएको छ ।
प्रतियोगिता ०७७ असोज १८ गतेदेखि कार्तिक ३ गतेसम्म चल्ने छ । जसमा एकल वा जोडी दुवै फोटोलाई मान्यता दिइने छ । जसमा जुनसुकै उमेर समुहका महिला, पुरुष वा बालबालिकासमेत सहभागि हुन पाउँने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा घरमै बसेर फेसबुक आइडिको म्यासेन्जर र इमेलमार्फत फोटा पठाई सहभागि बन्न सकिने छ ।
कोरोना कहरले समुदाय आक्रान्त भएको बेलामा भिडभाडलाई निरुत्सान गर्ने उद्देश्यका साथ घरमै बसेरसमेत सहभागि बन्न सकिने खालको प्रतियोगिता संचालन गरिएको प्रालिका अध्यक्ष शिशिर भट्टराई बताउँछन् ।
प्रथम हुनेलाई ११ हजार नगदसहित प्रमाणपत्र, फस्ट रनरअपलाई ७ हजार नगदसहित प्रमाणपत्र र सेकेन्ड रनरअपलाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रालिद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्र
तियोगितामा भाग लिन कुनै पनि प्रकारको शुल्क लाग्ने छैन । जुनसुकै उमेर समुहका ब्यक्तिहरुले पनि प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगितामा कमेन्ट र शेयरको कार्य सामान्य भएपनि लाइकको आधारमा विजेता बनाइने प्रालिले जनाएको छ ।
प्रतियोगिता बारे…
१. कुनै पनि उमेर समुहका ब्यक्तिहरु सहभागि हुन सक्ने छन ।
२. फोटा एकल वा जोडि दुवैलाई मान्यता दिइनेछ ।
३. फोटोमा महिला, पुरुष र बालबालिकासमेतलाई मान्यता दिइने छ ।
४. फोटो Messenger ( https://www.facebook.com/hamro.sabda/) or Gmail (hamrosabda24@gmail.com) पठाउनु पर्ने छ ।
५. फोटामा बिभिन्न App हरुबाट गरिएको लाइकलाई मान्यता दिइने छैन ।
६.अन्य Logo, Tag, Stamp लागेका फोटोहरुलाई मान्यता दिइने छैन ।
७.फोटामा Like (Vote) गर्न अनिवार्य रुपमा Page like गर्नु पर्ने छ ।
८.फोटा Like का आधारमा निर्णय गरिने छ ।
९. फोटो असोज ३० गते बेलुका ५ बजेसम्म पठाउनु पर्ने छ ।
१०.Like गर्नका लागि कार्तिक ३ गते बेलुका ५ बजेसम्म पाइने छ ।
११. नतिजा प्रकाशन कार्तिक ५ गते गरिने छ ।