• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने

हाम्रो शब्द by हाम्रो शब्द
अशोज २७, २०७७
2
SHARES
12
VIEWS
Share on Facebook

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।

कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताएका छन् । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

राजधानी ढाकामा गरिएको प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए । अधिकारवादी संस्थाहरूका अनुसार बंगलादेशमा गत वर्ष ५ हजार ४ सय जना बलात्कारको सिकार भएका थिए । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशमार्फत कानुन ल्याउने निर्णय गरेको हो । मन्त्री हकले अहिले संसद्को सत्र चालु नभएकाले अध्यादेश जारी गर्नुपरेको बताए ।

निर्णयको चौतर्फी स्वागत हुने अपेक्षा गरिएको छ । तर कपितय अधिकारकर्मीले बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

बेगमगन्जमा खिचिएको एक भिडियोमा देखिएका आक्रमणकारीहरूमध्ये एक जनाले महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । ह्युमन राइट्स वाचका अनुसार गत वर्ष ती महिलालाई आरोपित व्यक्तिले बन्दुक देखाएर बारम्बार बलात्कार गरेको राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानमा देखिएको जनाइएको छ । त्यसका साथै विरोध गरे वा भनेको नमाने उनलाई सामूहिक बलात्कार गर्ने धम्की ती व्यक्तिले दिएको आयोगका अनुसन्धान निर्देशकले बताएका छन् । ती महिलाका अनुसार आफूसँग गरिएको दुराचारको भिडियो खिचेर ती व्यक्तिले एक महिनासम्म धम्की दिँदै पैसा दिन र यौन सम्पर्क गर्न दबाब दिएका थिए । तर आफूले अस्वीकार गरेपछि भिडियो सार्वजनिक गरिएको महिलाको भनाइ छ ।

बंगलादेशको दूरसञ्चार नियामक निकायले भिडियोलाई अनलाइन माध्यमबाट हटाउने निर्णय गरेको भए पनि त्यो व्यापक रूपमा फैलिएको थियो । अधिकारीहरूले घटनामा संलग्न आठ जनालाई पक्राउ गरिसकिएको जनाएका छन् । त्यस्तै गत साताको एक बेग्लै घटनामा एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । साइल्हेत जिल्लाको एक होस्टेलमा भएको घटनामा सत्तारूढ दलको विद्यार्थी संगठनका कैयौं सदस्यहरू पक्राउ परेका छन् ।

एक मानव अधिकारवादी संस्थाका अनुसार बंगलादेशमा ९ महिनामा कम्तीमा ९ सय ७५ जना महिला बलात्कृत भएका थिए । तीमध्ये दुई सयभन्दा बढी घटना सामूहिक बलात्कारका भएको ऐन ओ सलिस केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पीडितमध्ये ४३ जनाको हत्या गरिएको र १२ जनाले आत्महत्या गरेका छन् ।

(साभार : कान्तिपुर दैनिकबाट)

Post Views: 131
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

कोरोना कहरमा बराहक्षेत्रमा बढ्यो अपराध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द