• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

कोरोना कहरमा बराहक्षेत्रमा बढ्यो अपराध

हाम्रो शब्द by हाम्रो शब्द
अशोज २७, २०७७
23
SHARES
141
VIEWS
Share on Facebook
ADVERTISEMENT

बराहक्षेत्र । कोरोना महामारीको अवधिमा बराहक्षेत्रभर सामान्य प्रकृतिका आपराधिक क्रियाकलापहरुमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट पछिल्लो ६ महिनाको अवधिमा मात्र ३३ वटा मुद्दा दर्ता भएका छन् । देशब्यापी लकडाउन जारी भएको चैत्र ११ गतेदेखि असोज २४ सम्ममा उक्त संख्यामा इप्रका चक्रघट्टीबाट विभिन्न शीर्षकमा मुद्दा दर्ता गरिएको इप्रका चक्रघट्टीका इन्चार्ज पाण्डवकुमार राजबंशीले जानकारी दिएका छन् ।


इप्रकाको चैत्र ११ देखि आश्विन २४ गतेसम्मको तथ्याङ्क अनुसार सवारी ज्यान २, पशुकरणी १, अभद्र व्यबहार ८, ज्यान मार्ने उद्योग ४, जबर्जस्ती करणी २ र अपहरण तथा ज्यान बन्धकमा ४ मुद्दा दर्ता भएका छन् । त्यस्तै, लागूऔषध ३, जक उद्योग १, कर्तव्य ज्यान ३, बाल यौन दुरुपयोग १, बहुविवाह १, कुटपिट तथा अङ्गभङ्ग १ र चोरी शिर्षकमा २ मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

इप्रका इन्चार्ज राजबंशीका अनुसार गतवर्षहरुका तुलनामा यसपटक लकडाउन भएकाले पनि सामान्य प्रकृतिका उजुरीको संख्यामा वृद्धि भएको हो । ‘यसपालि लकडाउन भएकाले यसअबधिमा सामान्य गालीगलौज, महिला तथा बालबालिकामाथिको हिंसा र घरायसी समस्यामा वृद्धि भएको देखिन्छ ।’ उनले थपे, ‘सामान्य घटनामा वृद्धि भएपनी मुद्दा चल्ने किसिमका घटनामा भने गतवर्षको तुलनामा कमि आएको छ ।’

बैशाख १ देखि असोज २४ सम्म १४५ ठाडो उजुरी परेको स्रोतले जनाएको छ । विशेषगरी कुटपिट, गाली गलोज, शान्ति सुरक्षाको माग, सवारी दुर्घटना लगायतका घटनामा उजुरी बढेको तथ्याङ्कले देखाएको छ । यसअबधिमा मात्र कुटपिट ३२, गालीगलोज ४४, शान्ति सुरक्षा ९, चोरी ६, लेनदेन ४, सवारी दुर्घटना ५ र घरायसी समस्या सहित अन्य प्रकृतिका ४६ उजुरी रहेका छन् । इप्रकामा आएका यस्ता प्रकारका उजुरीहरु मध्ये ८० प्रतिशत उजुरी मिलापत्र गराइएको स्रोतको दाबी छ ।

Post Views: 363
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

बूढीगण्डकी विवाद : ओली, देउवा र प्रचण्डले ९ अर्ब खाएको भट्टराईको अभिव्यक्तिले तरंग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द