• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

बलात्कार प्रयास गरेपछि धनकुटामा महिलाले खुकुरी प्रहार गर्दा लीलबहादुरको मृत्यु

हाम्रो शब्द by हाम्रो शब्द
अशोज २९, २०७७
14
SHARES
89
VIEWS
Share on Facebook
ADVERTISEMENT

सुनसरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् ।

घुमाउँनेकी ३० वर्षीया कमला गुरुङले सोही ठाउँका लीलबहादुर गुरुङको हत्या गरेकी हुन्।

लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

महिलाले राति १० बजेतिर घरमा सुतिरहेको बेला ढोका फुटाएर बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बयान दिएकी प्रहरीले जनाएको छ। यता प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको एसपी अधिकारीले जानकारी दिए।

मृतकको शवलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

राति कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको र भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर बलात्कार प्रयास गरेको र सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएकी छन्।

खुकुरी प्रहारपछि घाइते भएका लीलबहादुर भागेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनको बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको थियो।

३० वर्षीय मृतक लीलबहादुर विवाहित हुन तर, श्रीमतीले उनलाई छोडेर करिब एक वर्ष पहिले नै अर्को बिहे गरेकी थिइन्। उनका दुई छोरा छन्।

यता, बलात्कार प्रयास गर्दा प्रतिकार गर्ने कमलाका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा करिब १५ महिना पहिले दुबई गएका छन्। उनी ११ वर्षे छोराको साथमा घरमा भएका बेला घटना भएको हो।

Post Views: 283
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

लापरवाहीले बढ्दो जोखिम्, रामधुनीमा संक्रमितको संख्या ८१ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द