• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ताजा समाचार

लापरवाहीले बढ्दो जोखिम्, रामधुनीमा संक्रमितको संख्या ८१ पुग्यो

हाम्रो शब्द by हाम्रो शब्द
अशोज २९, २०७७
27
SHARES
171
VIEWS
Share on Facebook

रामधुनी । रामधुनी स्वास्थ्य साखाका नगेन्द्र पाडैलका अनुसार सुनसरीको रामधुनी नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

त्यो नगरपालिकासँग भएको डेटा मात्रै हो । बिभिन्न अस्पतालमार्फत आफै कोरोना परिक्षण गराउँनेको एकिन तथ्यांक भने नगरपालिसँग छैन ।

नगरसँग भएको डेटा खाली नगरपालिकाले स्वाव संकलन गरेर पोजेटिभ आएका संक्रमितको मात्रै हो । अन्यन्त्र आफै कोरोना परिक्षण गराएका संक्रमित कहाँ छन्, कस्तो अबस्थामा छन् ? त्यो स्थानीय सरकारको जानकारीबाहिर छ ।

स्थानीय सरकारको निगरानीबाहिर भएका संक्रमित होम आइसोलेनमा बस्दा सुरक्षा साबधानी नअपनाएको पनि हुँनसक्ने र त्यसले जोखिम बढाउँने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । एक एमबिबिएस चिकित्सक भन्छन्, ‘कुनै पनि सरकारी निकाएको निगरानीबाहिर भएको संक्रमतिले समुदायमा ढाँटेर स्वास्थ्य साबधानी अपनाएन भने त्यसले संक्रमण समुदायभर फैलन्छ ।’

तर, बाहिर आफैँ बिभिन्न अस्पताल गएर परिक्षण गराउँने नागरीकको डेटा राख्ने बिषयमा स्थानीय सरकारले कुनै चासो राखेको छैन । नगर स्वास्थ्य साखाका अनुसार नागरिक आफैँले परिक्षण गरेर कोरोना पोजेटिभ आए सम्बन्धित अस्पतालले प्रदेश सरकारलाई रिपोर्ट बुझाउँने भएपनि त्यो डेटा प्रदेशले सम्बन्धित स्थानीय तहलाई नदिँदा संक्रमितको पहिचानमा समस्या भएको हो ।

लापरवाह बन्दै जनता
जनताले जनस्वास्थ्यका सामान्य मापदण्डसमेत पालना नगरेका कारण कोरोना संक्रमण समुदायमा नराम्रोसँग फैलिएको नगर स्वास्थ्य साखाका नगेन्द्र पौडेल बताउँछन् ।

बजारमा ब्यापारीहरुलेसमेत स्वयं मास्क नलगाएको, भौतिक दूरी कायम नगरेको, समाजमा जिम्मेवार ब्यक्तिलेसमेत कोरोनाबारे हल्का टिप्पणी गरेको लगायका कारण संक्रमण बढीरहेको उनको दावी छ ।

‘ब्यापारी साथीहरुलेसमेत जनस्वास्थ्यका मापदण्ड अपनाउँनुभएन । कम्तिमा मास्क त लगाउँनू ! होटल संचालकको झन् ठुलो लापरवाही छ । उहाँहरु मास्कसमेत नलगाई खाजा दिनुहुन्छ, यस्तो बिषयमा उद्योग वाणिज्य संघलेसमेत कुनै जिम्मेवारी देखाएन । त्यसकारण अहिले बजारमा बढी संक्रमण देखिएको छ ।’ पौडेलले भने, ‘यसको उपचार भनेकै मास्क लगाउँनू र भौतिक दूरी कायम गर्नू हो । भ्याक्सिन ननिक्लिएसम्म अन्य उपाए छैन ।’

परिक्षण घट्यो, हालसम्म १ हजार ८७ जनामा परिक्षण

पछिल्लोपटक नगरपालिकाले गत असोज २६ गते पच्चिस जनामा कोरोना परिक्षण गरेको थियो, जसको रिपोर्ट आउँन बाँकी छ । त्यसअघि असोज २० गते एकतिस जनाको परिक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

केहि समयअघि एकसयको हाराहारीसम्म हुँने स्वाव संकलन अहिले त्यति हुँदैन । स्थानीय सरकारको स्रोतले बताएअनुसार माथिल्लो सरकारको निर्देशनमा नै परिक्षणको दाहेरा घटाउँन भनिएको छ । नगरपालिका स्वास्थ्य साखाका एक कर्मचारी भन्छन्, ‘हामीले कारागारमा परिक्षण गर्न खोज्दा नगर्नू भन्ने निर्देशन आयो । १०० जनाको परिक्षण गर्न खोज्दा पनि १५ जनाको गर्नू नभए स्वाव अस्पतालले लिदैँन भन्ने कुरा आउँछ । परिक्षणको दाहेरा घट्नुमा स्थानीय सरकारको हात छैन, यो माथिल्लो निर्देशन हो ।’

नगरको डेटा : हाल २१ जना सक्रिय संक्रमित

रामधुनी नगरपालिकासँग भएको डेटा अनुसार नेपाली कांग्रेस रामधुनी वडा नं ५ का वडासभापति भोला बास्तोलासहित नगरमा हाल २१ जना सक्रिय संक्रमित छन् । त्यसमध्य २ जना संस्थागत आइसोलेनमा छन् भने वडासभापति बास्तोला बिराट टिचिङ् हस्पिटलमा उपचारत छन् । बाँकी संक्रमितको अबस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ ।

कार्यान्वन नै भएन हटिया बन्द गर्ने नगरको निर्णय

संक्रमण वृद्धि भएको र रामधुनीसमेत जोखिममा रहेको भन्दै गत असोज १६ गते नगर कार्यपालिकाले साप्ताहिक हाटबजार (हटिया) बन्द गर्ने र भिडभाड नियन्त्रण गर्ने निर्णय गरेको थियो । तर, नगरपालिकाले गरेको निर्णय कार्यान्यन भने भएको छैन । औपचारीकताका लागि एउटा सूचना निकाल्नेबाहेक नगरपालिका आफैँले गरेको निर्णय कार्यान्वयनमा भने चासो देखाएन । नत प्रहरीले नै त्यसमा सहयोग गर्यो ।

तर, हाम्रो शब्दसँगको कुराकानीमाा रामधुनी नगरपालिकाले भने प्रहरीको समन्यवमा भिडभाड हुँने ठाउँमा निगरानी बढाइएको दाबी गरेको छ ।

Post Views: 488
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

झुम्का बजारको सीसीक्यामेरा जडानको खर्चमा प्रश्न, छानबिन गर्दै लेखा समिति !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द