रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपानेसहित नगरका ८ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।
गत असोज २६ गते न्यौपानेसहित २५ जनाको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएकोमा ८ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य साखाका नगेन्द्र पौडेलले जानकारी दिए ।
यो सँगै रामधुनीमा कोरोना पोजेटिभ हुँनेको संख्या ८९ पुगेको छ । त्यसमध्य हाल २९ जना सक्रिय सक्रमित रहेको पौडेलले जानकारी दिए ।
अधिकृत न्यौपानेमा संक्रमण देखिएसँगै नगरपालिकाले कार्तिक ६ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यकबाहेक नगरपालिका र वडा कार्यालयबाट दिइने सेवा ६ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी वसन्त मोतेले जानकारी दिए ।