• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home अन्तर्वार्ता

भासी स्कुलको बस सञ्चालनबारे छलफल गरिरहेका छौँ : चौधरी

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक १८, २०७७
48
SHARES
297
VIEWS
Share on Facebook
ADVERTISEMENT

सुनसरीको रामधुनी नगरपालिका वडा नं १ का वडाअध्यक्ष महेश कुमार चौधरीसँग हाम्रो शब्दले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

अध्यक्षज्यू, तपाईँलाई कार्यक्रममा स्वागत छ ।

धन्यवाद, सर्वप्रथम स्थापित हुँदै गरेको तपाईँहरुको यो हाम्रो शब्द अनलाइनलाई सफलतको शुभकामना छ । साँच्चिकै ‘हाम्रो शब्द’ जनताकै शब्द बन्न सकोस् !

तपाईँको वडामा पर्ने भएकाले कुरा गर्दैछु, भादगाउँ सिनुवारी (भासी) स्कुलको कुरा गरौँ, त्यहाँ लामो समयदेखि थन्किएको बस छ, तर सञ्चालन हुँन सकेको छैन । अब के हुन्छ ?

त्यो बसको बिषयमा यसभन्दा अगाडी पनि सञ्चारमाध्यम र सामाजिक संजालमा धेरै कुराहरु आए । करिब १० बर्ष अघिदेखि थन्किएको हो त्यो । संचारमाध्यममा कुरा आएपछि हामीले कसरी संचालन गर्न सकिन्छ भनेर पटकपटक छलफल गरेका छौँ ।

छलफल त गर्नूभयो, तर सञ्चालन गर्नुहुन्छ कि के गर्नूहुन्छ ?

विध्यालय व्यवस्थापन समितिको अध्यक्ष सगेन चौधरी दाई, प्रधानाध्यापक दसरथ सर र मैले बसेर धेरै पटक छलफल गरेका छौँ । नगर कार्यपालिकाको बैठकमासमेत एकपटक यो बिषयमा छलफल भएको थियो । बस सञ्चालन त गर्ने, तर मुख्य कुरा आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने नै हो । त्यसमा पनि कोरोना महामारीको संक्रमणले थप समस्या सिर्जना गर्यो ।

घुमाउरो कुरा नगर्नू न, बुझिएन । म बुझ्न खोज्दैछु, बस सञ्चालन कहिले हुन्छ, कि हुँदैन ?

म भन्दैछु । त्यहि कहिले, कसरी गर्ने भन्ने बिषयमै त छलफल गरिराखेका छौँ भनिरहेको छु । बस सञ्चालन गरेपछि विध्यालयले कसरी आर्थिक व्यवस्थापन गर्ने ? दैनिक ५० किलोमिटर कुदाउँनुपर्ला लगभग ! खर्च त निकै हुन्छ । वडाले धेरै बजेट दिन नसक्ला, विद्यार्थीबाट उठाउँन कत्तिको सम्भव छ ? यस्तै बिषयमा छलफल जारी छ । नगरपालिकासमक्ष सहयोग मागेर भए पनि बस त सञ्चालन गर्छौँ ।

कहिले ?

मिति नै नतोकौँ, छलफल भइरहेको छ । बस सञ्चालन हुन्छ ।

तपाईँको वडाभित्र पर्ने नहरको डीलमा नर्सरी भाडामा लाएको बिषयमा निकै विवाद भयो । पार्क निर्माण स्थल भन्दै वडाले पत्र पठाएर नर्सरीलाई हटायो पनि ! त्यहाँ पार्क बनाउँने प्रतिवद्धता बिर्षनु भएको छैन नी ?

छैन, कहाँ बिर्षनु ! त्यसका लागि पहिलो चरणमा २ लाख बजेटसमेत छुट्याइसकेको छ । फ्रि वाइफाइसहितको पार्क बनाउँछौँ । कोरोनाले ढिला भएको हो । त्यो काम हुन्छ ।

दुई लाखमा पार्क बन्छ कहिँ ?

अहिले अलिक कम भयो । त्यसलाई वडाले निरन्तरता दिन्छ । यो बर्ष सुरु त गरौँ ।

अब अन्य कुरा गरौँ, तपाईँको बिचारमा भौतिक बिकास ठुलो कि मानविय ?

भौतिक पनि जरुरी छ । तर, मानविय बिकास महत्वपूर्ण हो ।

महत्वपूर्ण भए खै तपाईँको वडाले मानविय बिकासमा के गर्यो ?

त्यो देखिने कुरा होइन । केहि हदसम्म त वडाले गरिरहेको छ । तर, यस्तो जनचाहना छ, मानविय बिकासमा लगानी गर्नै मान्दैनन् जनता स्वयं ।

तपाईँ जनताको पछि कुद्ने कि अघि ?

अघि कुद्ने, तर जनचाहनालाई लत्याउँन सकिन्न ।

तपाईँको निष्कर्श के ? के चाहन्छन् वडाबासी ?

बर्खामा हिलो र हिउँदमा धुलोमुक्त बाटो भइदिए धेरै जनता खुसी हुन्छन् ।

त्यतिमात्रै ?

युवाहरुलाई स्वरोजगार बन्न चाहन्छन्…………..

बनाउँनुभयो त ?

म भन्दैछु….त्यसका लागि अनुदानसहितका केहि कार्यक्रमहरु ल्याउँनुपथ्र्यो सकिएको छैन ।

किन सकिएन ?

स्थानीय सरकारको बजेट नै पुरानै खालको आयो । यो महामारीमा स्वरोजगार बनाउँने बजेट चाहिन्थ्यो ।

त्यसमा दोषी कोहो ?

खै कोहो, मलाई अच्चम्म लाग्छ । नगरपालिकामा हाम्रा कुरा खासै कसैले सुन्दैन । यसो गरौँन भन्द लल भन्छन्, काम गर्ने बेलामा अर्कैथोक गर्छन् ।

अघि कुरा छुटेछ, झुम्का बधशाला गुणस्तरीय बन्न सकेन नी ?

हो, त्यहाँको मेसिन पनि राम्रो छैन । जनप्रतिनिधि आउँनुअघि नै बनेको हो त्यो । यतिका बर्ष व्यवस्थित बनाउँन सकिएन । नगरपालिकालाई मैले भनेको ‘वडालाई जिम्मा दिनुहोस्, म व्यवस्थित बनाउँछु’ भनेर ! न नगरपालिका व्यवस्थित बनाउँछ, न वडालाई दिन्छ !

त्यहाँ बधशाला निर्माण कै चरणमा अनियमितता भएको भन्ने सुनिन्छ नी हो ?

अनियमितता भनौँ वा के भनौँ । जुन समितिले निर्माण गरेको हो उसैलाई थाहा छैन, त्यहाँ कति बजेट खर्च भयो भनेर !

यौटा कुरा भन्नु न, तपाईँको अध्यक्षतामा बधाशाला निर्माणको खर्च छानबिन गर्न समिति पनि बनेको थियो रे हो ?

हँ……..म स्पष्ट भन्ने मान्छे हो, हो ।

कहिलेको कुरा हो ?

धेरै भयो ।

तपाईँको प्रतिबेदन दिनुभयो त ?

नगरपालिकालाई दिएको हो । तर, खै त्यो प्रतिबेदनबारे पछि कहिँ कतै छलफल भएन ।

प्रतिबेदन दिनुभयो अनि सकियो ?

प्रतिबेदन दिनू भनेको थियो । हाम्रो समितिले दियो । त्यसपछिको काम त नगरपालिकाको हो, मेरो होइन नी ! मैले अब के गर्नू र !

अत्यमा वडाबासीलाई केहि भन्नुहुन्छ ?

खासै त्यस्तो के भन्नू र ! जनस्वास्थ्यका सबै मापदण्ड (मास्क लाउँने, साबुन पानीले हात धुँने, भिडभाड नगर्ने) कडाइका साथ पालना गरेर चाडपर्व मनाउँनुहोला भन्न चाहन्छु । वडाले गर्न सक्ने सबै सहयोग गर्न तयार छौँ । कुनै पनि समस्या भएमा मलाई व्यक्तिगत सम्पर्क गर्नलाई हिचकिचाउँनु पर्दैन । यो बिश्वब्यापी संकटमा एकआपसमा मिलेर कोरोनाविरुद्ध लडौँ भन्न चाहन्छु ।

 

– वडाअध्यक्ष महेश कुमार चौधरीसँग हाम्रो शब्दले गरेको अन्तर्वार्ताको सम्पादित अंश

 

Post Views: 644
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

नेपाल प्रेस युनियनका महासचिव शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाले गर्यो सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द