• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home अन्तर्वार्ता

महामारी सकिएलगत्तै बालमैत्री वडा घोषणा गर्छौँ : घनश्याम

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक २०, २०७७
38
SHARES
239
VIEWS
Share on Facebook

सुनसरीको रामधुनी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष घनश्याम चौधरीसँग हाम्रो शब्दले गरेको कुराकानीको संपादित अंश :

कोरोना महामारी सुरु हुनेबेला तपाईको वडा बालमैत्री घोषणाको अन्तिम चरणमा थियो हैन ?

हो, कोरोनाले समस्या सिर्जना गर्यो । महामारी सकिएलगत्तै बालमैत्री वडा घोषणा गर्छौँ । महामारीका बिच पनि बालबालिकासँग सम्बन्धित काम गरिरहेका छौँ ।

बालमैत्री घोषणाका कतिपय सूचकहरु पुरा नभई पनि तपाईहरु घोषणामा अलि हतार गर्नुहुन्छ नी ? के घोषणा गर्दैमा बालमैत्री हुन्छ ?

तपाईको कुरा ठिकै हो । घोषणा मात्रै ठुलो कुरा त होइन । तर, हाम्रो वडामा धेरै सूचकहरु पुरा भइसकेका छन् । तपाईले भनेजस्तै केहि बाँकी होलान्, ती गर्दै जान्छौँ । मुख्य चुनौति अहिले पुरा भएका सूचकहरुलाई कसरी दीर्घकालिन बनाउँने भन्ने हो ।

‘यो आर्थिक बर्ष भित्र रामधुनीका सबै वडा कार्यालय आफ्नै भवनमा हुनुपर्ने छ’ भनेर नगरसभाले निर्णय गरेको छ । तपाईको वडा कार्यालय निर्माणको काम कति भयो ?

…..(मन्द मुस्कानमा).. करिब ९० प्रतिशत सकियो । माघसम्ममा त सबै सकिन्छ ।

तपाईको तिनबर्षे कालर्यकाल कसरी बित्यो ? के के गर्नुभयो ?

धेरै काम भएका छन् । सडकको साइडमा नाला बनाउँने काम धेरै भएको छ । वडा कार्यालय बन्दैछ । स्वास्थ्य चौकी पनि वडासँगै बनिरहेको छ । प्रहरी चौकी राख्नका लागि जग्गा उपलब्ध भइसकेको छ । वडाबासीलाई कृषि र पशुपालनमा जोड दिएका छौँ । सामुहिक खेतीका लागि वडाले अभियान नै चलाएको छ । प्रदेश सरकारको सहयोगमा करिब १ करोड बराबरको बोरिङ् निर्माणको काम भइरहेको छ । सानाखाले ३३ ओटा बोरिङ् बितरण नै गरिसकेका छौँ । बाख्रापालनलाई थप सहजता होस् भनेर ८०० ओटा बोयर बोकाको बिउ पोखराबाट ल्याएका छौँ, त्यो अब बितरण गर्छौँ । टोल–टोलमा हामी आफैँ गएर सामुहिक खेतीका लागि मोटिभेसन् गरिहेका छौँ । सिकर्मी र डकर्मी तालिम दिएर प्रमाणपत्र पनि दिएका छौँ ।……

स्वरोजगार बन्न युवाहरुका लागि बिषेश केहि ?

म भन्दैछु । बिषेश गरी युवा उमेरका महिलाहरुका लागि सिपमुलक तालिम (ब्युटिसिएन, सिलाई–कटाई) दिएका छौँ । सिकर्मी र डकर्मी तालिमको कुरा गरिहाले । कोरोना महामारीबाट रोजगारी गुमाएकाहरुका लागि यो बर्ष नै केहि राम्रा कार्यक्रम ल्याउँन सकिएन । आगामी बजेटबाट युवाहरुलाई बिषेश प्राथमिकतामा राखेर स्वरोजगार बन्न सहयोग गर्छौँ ।

युवाहरुका लागि घरेलु उद्योगमा प्रोत्साहन गर्न अनुदानसहितको कार्यक्रम ल्याउँन सकिदैँन ?

यो बिषयमा म सोचिरहेको छु । अत्यन्तै राम्रो कुरा हो । कम्तिमा बर्षमा १० जना युवाहरुलाई मात्रै भए पनि घरेलु उद्योगमा लाएर स्वरोजगार बनाउँन सके राम्रो हुन्थ्यो । आगामी बजेटमा हामी यसलाई प्राथमिकता दिन्छौँ ।

तपाईको वडामा शिक्षाको अबस्था चै कस्तो छ ?

हाम्रोमा ४ ओटा संस्थागत र २ ओटा सामुदायीक विद्यालय छन् । मलाई लाग्छ, अन्यन्त्रको तुलनामा हाम्रो वडाको शिक्षा अबस्था त्यस्तो नराम्रो छैन । थप गुणस्तरीय बनाउँदै लैजाने कुरामा त हामी लागिरहेकै छौँ ।

 

– वडाअध्यक्ष घनश्याम चौधरीसँग हाम्रो शब्दले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

Post Views: 541
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

भोजपुरको आमचोकमा खेलकुद प्रतियोगिता हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द