भोजपुर । भोजपुरको आमचोक गाउँपालिका ४ बालंखामा वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ ।
बालंखा खेलकुद विकाश समितिको आयोजनामा यहि कार्तिक २५ गतेदेखि २७ गतेसम्म खेलकुद प्रतियोगिता हुन लागेको समितिका अध्यक्ष किरण विष्टले जानकारी दिएका छन् ।
दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी अन्तर वडास्तरिय खेलकुद प्रतियोगिता गर्न लागिएको विष्टले बताए ।
खेल अन्तर्गत फुटबल, भलिबल र हाजिरिजवाफ प्रतियोगिता सञ्चालन हुने छ ।
बिष्टका अनुसार प्रतियोगितामा आम्चोक गाउँपालिका भरिका वडाका व्यक्ति सहभागी हुन सक्नेछन् । सहभागी हुन इच्छुक व्यक्तिले २५ गतेसम्ममा आफ्नो नाम दर्ता गराइसक्नु पर्ने समितिले जनाएको छ ।
अन्तर वडा स्तरीय फुटबल र भलिबल प्रतियोगितामा बिजेता हुनेलाई २५ हजार र उपबिजेतालाई २० हजार नगद पुरस्कारसहित शिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरिने छ । यस्तै, वडा स्तरीय हाजिरिजवाफमा बिजेता हुनेलाई ५ हजार र उपबिजेतालाई २५ सय नगदसहित शिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरिने समितिले जनाएको छ ।
खेलकुद प्रतियोगिता आमचोक–४ बालंखास्थित पानीटार खेलमैदानमा हुनेछ ।
प्रदेश नं १ सरकारको १ लाख ५० हजार सहयोग र अन्य स्थानीय ब्यक्तिहरुसँगको सहयोगबाट कार्यक्रम सञ्चालन गर्न लागिएको बिष्टको भनाई छ ।