• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

उदयपुरको बेलकामा ‘मदन भण्डारी प्राऔद्योगिक विश्वविद्यालय’ खोल्ने तयारी

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक २२, २०७७
19
SHARES
120
VIEWS
Share on Facebook

सुनसरी । उदयपुरको बेलका नगरपालिकामा ‘मदन भण्डारी प्राऔद्योगिक विश्वविद्यालय’ खोल्ने तयारी थालिएको छ। कृषि, वन, ईन्जिनियरिङ, स्वास्थ्य विज्ञान तथा उद्योगलगायत प्राविधिक तथा औद्योगिक विषयको पठनपाठन गराउने गरी प्राऔद्योगिक विश्वविद्यालय खोल्ने विषयमा एक विज्ञ टोलीले अध्ययन सम्पन्न गरेको छ।

बेलकालाई नमूना स्थानीयतह समेत बनाउने उद्देश्यले अध्ययन गर्न आएको टोलीले त्यसकै एउटा सूचकका रुपमा विश्वविद्यालय खोल्न संभाव्यता अध्ययन गर्न केही दिनअघि विज्ञसहितको एक उच्चस्तरीय टोलीले बेलकाको स्थलगत अध्ययन भ्रमण गरेको नगरपालिकाले जनाएको छ। नगरप्रमुख दुर्गाकुमार थापाले नेकपाका नेता गुरु वराल, राष्ट्रपति कार्यालय विज्ञ प्रा.डा. भरतराज पहाडी, डा.कैलाशकुमार भण्डारी, प्रा. रामचन्द्र सापकोटा, जगतकुमार मुराम, बत्सल भण्डारीको ६ सदस्यीय विज्ञ टोलीले कात्तिक पहिलो साता बेलकाको अध्ययन गरेको बताए।

अध्ययनको क्रममा टोलीले नगर जनप्रतिनिधि, नागरिक अगुवा र सरोकारवालाहरुसँग विश्वविद्यालय खोल्ने संभावनाबारे सामूहिक छलफल गरी रायसमेत संकलन गरेको थापाले बताए। छलफलमा निकट भविष्यमा खोल्ने विश्वविद्यालयको मोडालिटी तयार गरेर अघि बढ्ने टोलीले जनाएको छ। छलफलमा प्रस्तावित विश्वविद्यालयका डिन प्रा.भरतराज पहाड़ीले बेलकामा अहिलेसम्म भए गरेका कार्यलाई सुक्ष्म ढंगले अध्ययन गरी थप व्यवस्थित साथ अगाडि बढ्न अपनाउनुपर्ने नीति, योजना र कार्यक्रमको विषयमा थप छलफल गर्नुपर्ने बताए।

उनका अनुसार अहिलेसम्म नगरपालिकाले गर्दै आएको राम्रा पक्षलाई अपनाउँदै थप नयाँ कुरा के के गर्न सकिन्छ र स्थानीय विविध उत्पादकत्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा अरु अध्ययन गर्नुपर्ने खाँचो छ। डा.पहाडीले नगरले गर्दै आएको कार्यक्रम र प्रयास उत्साहजनक रहेको भन्दै त्यसलाई अझ विकसित र व्यवस्थित गर्न चाहिने सहयोगबारे बुभ्mन टोली अध्ययनमा आएको बताए। प्रस्तावित विश्वविद्यालयले शिक्षालाई कक्षाकोठाभित्र मात्रै सीमित नराखी व्यबहारमा उतार्न प्रयोगमुखी कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो। विश्वविद्यालयमा ५० देखि १ सय संख्याको हाराहारीमा प्राध्यापकहरु रहने हुनाले त्यसै अनुसार नीति तर्जुमा गर्नुपर्र्ने उनले बताए।

टोलीले कोसी नदी उकास्न जमिनको पनि स्थलगत निरीक्षण गदैं त्यसको व्यवस्थापन र बहुपयोगिताबारे थप अध्ययन गर्नुपर्ने निश्कर्षमा पुगेको छ। नेकपा केन्द्रीय सदस्य गुरु बरालले ‘एक जिल्ला एक स्थानीयतह नमुना गाउँ’ बनाउने उद्देश्य अनुसार बेलकालाई उदयपुरको नमूना गाउँ बनाउन अध्ययन गरिएको बताए। उनका अनुसार ईलामको देउमाई र झापाको सुखानीजस्तै उदयपुरको बेलकालाई नमूना गाउँ घोषणा गर्न सम्भाव्यता अध्ययनमा जुटेको र त्यसका लागि बेलका योग्य स्थानीयतह हो।

भौगोलिक, प्राकृतिक, जैविक बिविधतायुक्त स्थानीयतह भएकाले बेलकालाई १२ वर्षअघि नै नमूना गाउँ बनाउने सोँच बनाएको बरालले बताए। जलचर र स्थलचरलगायत बिभिन्न जैविक विविधता पाइने भएकाले बेलकालाई एकखालको ‘जिवित संग्रहालय‘ र कृषि विकासको ‘शोकेस’ कै रुपमा विकास गर्न सकिने बरालले बताए।

मेयर थापाले बेलकालाई ‘वल्र्ड पार्क’ जस्तै बनाउन राष्ट्रपतिबाट सुझाव पाएको बताए। थापाले प्राऔधोगिक विश्वविद्यालयको स्थापना र जिÞल्लाको नमूना पालिका बनाउन उपयुक्त ठाउँ भएको भन्दै त्यसका लागि सहयोगका लागि विज्ञ टोलीको ध्यानाकर्षण गराए। नेकपा नगर कमिटी अध्यक्ष मनोज तामाङ, सचिव गणेश बस्नेत, प्रवक्ता तथा नगरपालिकाका प्रेस सल्लाहकार ललित राईलगायतले बेलकालाई नमूना स्थानीयतह बनाउन र विश्वविद्यालय खोल्ने कुरा अत्यन्त महत्वपूर्ण भएको बताए। उनीहरुले यो उद्देश्यलाई योजनामा ढालेर कार्यान्वयनमा ल्याईहाल्न पनि टोलीलाई आग्रह गरेका छन्।

 

(साभार : नागरिक दैनिकबाट)

Post Views: 373
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

म निर्वाचित हुँदा रामधुनी मन्दिर गइनसक्नु थियो, अहिले राम्रो छ : मेयर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द