रामधुनी । ‘हाम्रो शब्द फोटो प्रतियोगिता २०७७’ का विजेतालाई पुरस्कार बितरण गरिएको छ ।
शुभयुग मिडिया प्रा.लि.द्धारा सञ्चालित हाम्रो शब्द डटकम अनलाइन न्यूज पोर्टलको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा ममन् खडका र जेनिस खडका विजेता भएका थिए । त्यस्तै, पुजा अर्याल फस्ट रनरअप र सञ्जिता धमला सेकेन्ड रनरअप भएका प्रा.लि.ले जनाएको छ ।
रामधुनीको झुम्कामा एक कार्यक्रम गरी पुरस्कार बितरण गरिएको हो । विजेतालाई रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले पुरस्कार बितरण गरेका थिए ।
०७७ असोज १८ गतेदेखि कार्तिक ३ गतेसम्म चलेको प्रतियोगितामा ४०४ जना सहभागी भएको भन्दै मिडिया प्रा.लि.ले सम्पुर्णमा धन्यवाद ब्यक्त गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रालिका अध्यक्ष शिशिर भट्टराईले सम्पुर्ण सहभागीलाई धन्यवाद दिदैँ विजेताहरुलाई थप सफलताको कामनासमेत गरेका छन् ।
कोरोना कहरले समुदाय आक्रान्त भएको बेलामा भिडभाडलाई निरुत्साहन गर्ने उद्देश्यका साथ घरमै बसेरसमेत सहभागी बन्न सकिने खालको प्रतियोगिता सञ्चालन गरिएको भट्टराईले बताए ।
पूर्व घोषित सर्तअनुसार विजेतालाई ११ हजार नगदसहित प्रमाणपत्र, फस्ट रनरअपलाई ७ हजार नगदसहित प्रमाणपत्र र सेकेन्ड रनरअपलाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
यो पनि …..