• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home अन्तरकथा

मैले काम गर्न नसकेको भ्रम फैलाउँन केहि ब्यक्ति परिचालित छन् : उपमेयर पोखरेल

नगरभित्र उपप्रमुखको पद केवल थपना मात्रै हो ?

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक २४, २०७७
20
SHARES
122
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । आफुले काम गर्न नसकेको भ्रम फैलाउँन केहि ब्यक्ति परिचालित नै भएको इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले आरोप लगाएकी छिन् ।

आइतवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

आफै निर्वाचित भएको नगरपालिकाको काम कारवाही नियमसंगत ढंगले नभएको भन्दै उपप्रमुख पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने चेतावनीसमेत दिएकी छन् । उनले नगरभित्रका अधिकांश कामकारवाही निमतसंगत नहुने गरेको आरोप लगाउँदै अख्तियार जाने चेतावनी दिएकी हुन् ।

निर्वाचित भएयता आफ्नो कार्यको लागि छुट्याउने बजेटदेखि अधिकारको प्रयोग गर्न नपाएकोसहित विभिन्न विषयहरुमा बेलाबेला उपमेयरले असन्तुष्टी जनाउँदै आएकी छिन् ।

उनले नगरपालिकाको कार्यालय सर्वसाधारण जनताभन्दा पनि पहुँचवाल र ओहदामा रहेकाहरुको निकटका व्यक्तिको मात्र भएको बताइन् ।

पत्रकार सम्मेलनमा उनले प्रश्न गर्दै भनिन्, ‘नगरभित्र उपप्रमुखको पद केवल थपना मात्रै हो ? संविधानले दिएको अधिकार पूर्ण रुपले कुण्ठित पारिएको छ । नगर प्रमुख, प्रशासकीय अधिकृत, लेखा र वडाअध्यक्ष सबै आपसमा मिलेका छन् । जसले उपप्रमुखलाई संधै वाइपास गर्ने काम गरिरहेका छन् ।’

नगरभित्र सञ्चालित योजनादेखि अनुगमन मात्रै नभएर हरेक क्षेत्रमा आफुलाई उपेक्षा गर्ने गरिएको पोखरेलको भनाई छ । पोखरेलले भनिन्, ‘सरसल्लाह त परै जाओस, के हुँदैछ भन्ने विषय समेत सामाजिक सञ्जाल खोले मात्र थाहा हुन्छ । विडम्बना छ, जहाँ अधिकारले दिएको कामसमेत गर्न दिइदैन् ।’

पटक–पटक आफुलाई गिराउने काम सिङ्गो नगरपालिकाले गर्ने गरेको आरोप लगाएकी पोखरेलले जनताका सामू वास्तविकता लिएर जान ढिला गर्न नहुने निष्कर्ससहित पत्रकार सम्मेलनको आयोजना गर्नु परेको सुनाइन् ।

उनले नगरभित्र सञ्चालित योजना, सम्पन्न भएका निर्माण कार्य, पास भएका योजना त्यसको अनुगमन, मूल्याङ्कन र भुक्तानीका विषयमा आफु पूर्ण रुपमा अनविज्ञ रहेकोसमेत पत्रकार सम्मेलनमा बताइन् ।

उनले चालु वर्षको हालसम्मको मात्रै नभई अघिल्लो आर्थिक वर्षको नगरको गतिविधिसमेत आफुलाई जानकारीमा नरहेको बताउँदै कार्यपालिकाबाट पास भएको भनिएको बजेट सिलिङसमेत नगर प्रमुख र वडाअध्यक्षसहितको मिलेमतोमा आफु अनुकुल फेरबदल गरेको गम्भिर आरोप लगाइन् ।

उनले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा समेत नगरपालिकाले आफुलाई जानकारी नगराएको भन्दै पटक–पटक आफुले सूचना र जानकारी माग्दा समेत नपाएपछि सो विषयमा माथिल्लो निकायमा जानकारी गराईसकेको बताइन् ।

प्रदेश एकको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालयसँगै संघीय सरकार समक्षसमेत वस्तु स्थितिका बारेमा लिखित जानकारी गराइएको बताएकी पोखरेलले सबै विस्तृत विषय छानविनको मागसहित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा समेत उजुरी हाल्ने बताइन् ।

पोखरेलले नगरपालिकाले आव्हान गरेको कर्मचारी भर्नामा समेत गोलमालको आशंका जताइन् । उनले भर्ना प्रकृया पारदर्शी हुनेमा आशंका व्यक्त गरिन् । जसमा प्रशासन र स्वयं नगरवासीले खबरदारी गर्न आवश्यक रहेको उनको भनाई थियो ।

नगरभित्र भएका र भैरहेका धेरै विषयमा आफ्नो नाम भजाएर आर्थिक अनियमिततासमेत गर्ने गरेको पाइएकाले सोतर्फ समेत छानविनको माग गर्ने उनले बताईन ।

पोखरेलले कोभिडको नाममा समेत ब्रम्हलुट भएको आशंका गरेकी छिन् । त्यसका अलावा नगर र वडामा भएका हरेक काममा आर्थिक अनियमितता भैरहेको विषय बाहिर आएकाले त्यसतर्फ समेत निष्पक्ष छानविन हुनु पर्ने उनको माग छ ।

उनले पत्रकार सम्मेलनमार्फत आफ्नो पदीय जिम्मेबारी र मर्यादाअनुसार ऐन कानूनले दिएको अख्तियारीसँगै जिम्मेबारीमा हस्तक्षेप नगर्नसमेत सचेत गराएकी छिन् ।

Post Views: 319
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

सुनसरीको रामधुनी आएर झाक्रीले भनिन् : युवाहरुले नेताको होइन, विचारको पछि कुद्ने हो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द