• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home अन्तर्वार्ता

जोस र जाँगरकासाथ आएका थियौँ, तर सोचेजति काम गर्न सकेनौँ : बस्नेत (अन्तर्वार्ता)

हाम्रो शब्द by हाम्रो शब्द
कार्तिक २८, २०७७
9
SHARES
54
VIEWS
Share on Facebook

तत्कालिन डुम्राहा गाउँ बिकास समिति (गाविस) को उपाध्यक्षसमेत भएका रुद्र बहादुर बस्नेत हाल सुनसरीको रामधुनी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष हुन् । बस्नेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका छन् ।

तत्कालिन गाविस उपाध्यक्षसमेत भएका र राजनीतिमा लामो समय सक्रिय रहेका बस्नेत वडाअध्यक्ष हुदैगर्दा उनले केहि नयाँ र अर्थपूर्ण काम गर्छन कि भन्ने अपक्षा आम जनतामा हुनु स्वाभाविक नै हो । के बस्नेतले जनताको मन जित्न सफल भए त ? यी र यस्तै बिषयमा उनै बस्नेतसँग हाम्रो शब्दले गरेको कुराकानीको संपादित अंश यसप्रकार छ ।

तपाईले करिब ३ बर्षे कार्यकाल कसरी बिताउँनुभयो ? तपाइँप्रतिको अनताको अपेक्षा कति पुरा गरेजस्तो लाग्छ ?

जनताका अपेक्षा पुरा गर्ने नै मुख्य उद्देश्य हो हाम्रो । त्यहि अनुसार काम पनि गरिरहेका छौँ । यस्तो हुदोरैछ, हामी जोस  र जाँगरकासाथ आएका थियौँ, तर सोचेजति काम गर्न सकेनौँ । किन सकिनौँ भने, जनताका आकाक्षा धेरै छन् । बजेट पनि कम हुन्छ । के गर्ने के नगर्ने ! मेरो ब्यक्तिगत कार्यकाल भन्नु वडाको समग्र चित्र हो लगभग । मैले हाम्रा वडाबासी जनतालाई केन्द्रमा राखेर नै काम गरिरहेको छु । अपेक्षा धेरै छन्, सकेसम्म पुरा गरेजस्तो लाग्छ । तर बजेट अभाव लगायतका कारणले सबै अपेक्षा पुरा गर्न नसकिरहेको अबस्था छ । अब वडासँग करिब १ करोड ५० लाख बजेट हुन्छ । जनताले भौतिक बिकास (बाटो बनाउँने आदि) लाई मुख्य मान्छन् । त्यसका लागि बजेटले कसरी भ्याओस भन्नून । तैपनि हाम्रो वडाका धेरै बाटाहरु ग्राबेलसम्म गरेका छौँ ।

शिक्षाको अबस्था के छ तपाईँको वडामा ?

गाउँको वडा हो । वडामा एउटा निजि विद्यालय र २ ओटा आधारभूत सामुदायीक विद्यालय छन् । तुलनात्मक रुपमा यस्तै हो । शिक्षा अबस्था राम्रै छ । मुख्य समस्या भनेको विद्यालयमा दरबन्दी अभाव छ । विभिन्न निकाएसँग कुरा गरिरहेका छौँ त्यसका लागि ।

बर्षौँदेखि दरबन्दी नभएका विद्यालयमा के राम्रो होलार शिक्षा ?

एउटामा त्यस्तो दरबन्दीको समस्या छ । अब के गर्नू, स्थानीय सरकारले आफै शिक्षक नियुक्ति गर्न सक्दैन । माथिल्लो सरकारका निकाएहरुसँग कुरा त गरिरहेका छौँ ।

तपाइँत स्थानीय तहअन्तर्गतको सुशासन समितिको संयोजकसमेत हो । तपाइँको समिति भूमिकाविहीन छ नी । तपाइँ नगरसभामा प्रतिबेदनसमेत बुझाउँनुहुन्न क्यारे ?

हैन नी ! प्रतिबेदन बुझाको छ नी । कहाँ नबुझाको छ र ? बाहिर निस्क्रिएजस्तो देखिए पनि हाम्रो समितिले काम गरिरहेको छ ।

खै तपाइँको समितिका अन्य सदस्यले खासै काम नै भएन भन्छन् ?

हैन, त्यस्तो नभन्नुपर्ने ! कसले त्यस्तो भन्यो र ?

हाम्रो नगरभित्रको यौटा सम्पति भनौँ, रामधुनी मन्दिर । त्यसको ब्यबस्थापन समितिमा तपाईँ पनि सदस्य हुनुहुन्छ । जनप्रतिनिधि पनि हो तपाईँ । ‘रामधुनी मन्दिरको सोचेजति बिकास गर्न सकिएन’ भनेर मैले भनेभने तपाईँ के भन्नुहुन्छ ?

पहिलाको तुलनामा केहि बिकास त भएको छ । तर तपाईँको भनाईमा म सहमत पनि छु । हो, रामधुनी मन्दिरको सोचेजति बिकास गर्न सकिएन । तर यसको अर्थ केहि नै नभएको भन्ने होइन । मैले पनि अघिल्लो साल वडाको तर्फबाट १ लाख बजेट दिएको थिएँ । नगरपालिकाले पनि यो बर्ष ५० लाख बजेट छुट्याएको छ । अघिल्लो बर्ष प्रदेश सरकारबाट आएको ५० लाख बजेट साथीहरुको कमजोरीका कारणले खर्च हुन सकेन । मन्दिरको भित्र बिभिन्न खालका संरचना बनेका छन् । त्यसको धर्मिक महत्व कति हो ? त्यसको ऐतिहासिक महत्व नै खल्बलिने हो कि भन्ने चिन्ता पनि छ । त्यसमा सचेत हुन जरुरी छ । हामीले रास ताल, संकरबेली र रामधुनी मन्दिर लगायतलाई पर्यटकिय क्षेत्रको रुपमा बिस्तार गर्ने दीर्घकालिन योजना नै बनाएका छौँ । आगामी बजेटबाट त्यो कुराको सम्बोधन हुन्छ ।

ठिकै छ, फेरी वडाको बिषयमा आऊँ, के छ अबको करिब दुइबर्षे कार्यकालको योजना ?

अब जनतासँग निरन्तर संवाद गर्दै उनीहरुका अपेक्षा सकेसम्म पुरा गर्ने हो । वडाअध्यक्षले धेरै के पो गर्न सकिन्छ र !

युवाहरुका लागि ठोस कुनै योजना छैन ?

सीपमुलक तालिमहरुका आयोजना गरिरहेका छौँ । मुख्य कुरा हाम्रो वडा कृषिमा बढी सम्भावना भएको वडा हो । सामुहिक खेती, पशुपालन लगातका कुरामा हामीले युवाहरुसँग सहकार्य गरिरहेका छौँ ।

 

– वडाअध्यक्ष बस्नेतसँग हाम्रो शब्दले गरेको कुराकानीको सम्पादित अंश :

 

Post Views: 187
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७’ इलामकी सरिताले जितिन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द