रामधुनी । ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७’ इलामकी सरिता राईले जितेकी छिन् ।
सुनसरीको बराहक्षेत्रमा रहेको सदाबहार मिडिया प्रा.लि.ले आयोजना गरेको उक्त प्रतियोगितामा ४०० जनालाई पछि पार्दैै सरिताले उपाधी हात पारेकी छिन् ।
जसमा मोरङ्की निरुपा भण्डारी दास्रो र सुनसरीको रामधुनीका सागर लामिछाने तेस्रो भएका छन् ।
गत भाद्र १३ गतेदेखि संचालन भएको प्रतियोगितामा ४ सय जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रथम हुनेलाई १ लाख ५० हजार नगदसहित ५ लाखको जिवन विमाबाट पुरस्कृत गरिएको छ । दोश्रोलाई १ लाख नगद तथा ५ लाखको जिवन विमा र तेश्रो हुनेलाई ५० हजार नगद तथा ५ लाखको जिवन विमाको साथमा प्रमाण–पत्र प्रदान गरिएका छ ।
सदाबहार मिडियाले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिलाई पुरस्कृत गरेको हो । जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य प्रमिला यादवले प्रतियोगिलाई पुरस्कार वितरण गरेकी थिइन् ।