जस्तै किसान खुशी हुन्छन् मकै छरेको बेला,
त्यस्तै गोठाला खुशी हुन्छन् बस्तु चरेको बेला ।
यो रहस्य के रैछ पत्ता लगाउन मन छ मलाई,
किन छुन दिदैनन केही पनि पर सरेको बेला ।
थाहा छ सपनाहरु मागेर कहिल्यै पूरा हुदैन,
तर अत्तालिदै माग्छौ जब तारा झरेको बेला ।
यतिसम्म घृणा त गर्न सक्दिन तिम्लाइ प्रिय,
पक्कै पनि आँसु झार्नेछु तिमी मरेको बेला ।
हदसम्म स्वार्थी बनेर के पाउनुहुन्छ हजुरले,
शत्रुलाई पनि त सहयोग गर्नपर्छ परेको बेला ।