रामधुनी । कोरोना संक्रमणले समाजलाई नराम्ररी प्रभावित पारिरहेको बेला रामधुनी वडा नं १ ले बालबालिकालक्षित कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पुर्ण शैक्षिक गतिबिधि ठप्पजस्तै रहेका बेला वडाले बालबालिकाहरुमा खुल्ला चित्रकला र निबन्ध प्रतियोगिता सञ्चालन गरेको हो ।
वडाकार्यालयको सहयोगमा वडा वालसंजालले उक्त कर्यक्रम आयोजना गरेको वडा बाल सञ्जालकी अध्यक्ष प्रिती चौधरीले जानकारी दिइन ।
शुक्रबार वडाअध्यक्ष महेश चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।