• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home राजनीति

ओलीको बिषयमा प्रचण्डले उठाएका एकएक प्रकरणको हिसाब सडक र सदनबाट माग्छौँ : थापा

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर ३, २०७७
6
SHARES
37
VIEWS
Share on Facebook

सुनसरी । नेपाली काँग्रेसका नेता गगन थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोपहरुको सडक र सदनबाट जवाफ माग्ने बताएका छन् ।

बुधबार एक विज्ञप्ती जारी गर्दै थापाले यस्तो बताएका हुन् ।

‘नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एकएक प्रकरणको हिसाबकिताब अब संसद् र सडक दुबैबाट मागिने छ ।’ उनी भन्छन्, ‘यस प्रकणमा उठेका र उठाइएका सार्बजनिक र राष्ट्रिय सरोकारका बिषयलाई फगत पार्टीको आन्तरिक शक्ति–संघर्षबीच उठेको मनमुटावको तितो अभिब्यक्तिका रुपमा कम्तिमा प्रतिपक्षले लिने छैन ।’

केही दिन अघि अध्यक्ष प्रचण्डले नेकपा सचिवालयको बैठकमा लिखित प्रस्ताव प्रस्तुत गर्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमाथि बिभिन्न आरोप लगाएका थिए ।

‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइड बडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिङ्स सँगको अपारदर्शी र शंकास्पाद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नु पूर्व गोप्य राख्नुपर्ने करको दर रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको जस्तो आरोप प्रचण्डको थियो ।

Post Views: 150
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
ब्यानर न्युज

शंकरलाल चौधरी ओली समूहको रामधुनी इन्चार्ज

फाल्गुन २, २०७७
मुख्य समाचार

ओली समूहमा वडाअध्यक्ष बस्नेत

फाल्गुन २, २०७७
ब्यानर न्युज

नेकपा ओली समूहको रामधुनी नगर अध्यक्षमा योगेन्द्र खडका

फाल्गुन २, २०७७
ब्यानर न्युज

रामकुमारी झाक्री पक्राउको चौतर्फी बिरोध

माघ २९, २०७७
Next Post

झुठा र निकृष्ट लाञ्छनाहरु मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ : ओली (सचिवालयमा व्यक्त पुर्ण पाठसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द