सुनसरी । जबर्जस्ती करणी गरेर फरार मोरङ्का एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ जदहा गाउँपालिका ५ का विशाल सोनार ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठाकुरले गएको साउनमा कटहरी गाउँपालिका ३ स्थित खयरवाना टोलमा २३ बर्षीया एक युवतीलाई जर्बजस्ती करणी गरेर फरार भएका थिए ।
उनलाई ललाई–फकाई प्रलोभनमा पारेर ठाकुरले जर्बजस्ती गरेको अभियोग छ । घटनापछि फरार ठाकुरलाई हिजो रंगेली नगरपालिका ७, मधुवतीबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।