सुनसरी । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओली प्रवृति प्रतिगमन, कुशासन र अल्पविकासको मुख्य वाहक भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा प्रवृतिका रुपमा विकास भएकाले त्यसलाई काँध थाप्न नहुने उनको भनाई छ ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल (ट्वीटर) मा लेखेका छन्, ’आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर, ओली प्रवृति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं ।’
नेकपाको विवाद उत्कर्षमा पुगेका बेला ओली र प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो समय भएको भेटवार्तातर्फ लक्षित गरेर भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
मुलुकको हालको मुख्य मुद्दा व्यक्तिका रूपमा प्रधानमन्त्री नभएर उनले लागू गरेको प्रवृति भएको नेता भट्टराईको भनाई छ ।