• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

‘बेलकामा भएका भ्रष्टाचारको प्रमाण मेटाउँन रातारात डकुमेन्ट भेडेटार पुर्‍याइयो’

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर ९, २०७७
69
SHARES
431
VIEWS
Share on Facebook
ADVERTISEMENT

रामधुनी । उदयपुरको बेलका नगरपालिकामा भएका भ्रष्टाचारको प्रमाण मेटाउँन रातारात डकुमेन्ट (कागजपत्र) भेडेटार पुर्‍याइएको उपमेयर राजकुमारी चौधरीले दाबी गरेकी छिन् ।

गएको साउनमा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै उपमेयर चौधरीले राजीनामा दिने घोषणासहित फेसबुकमा स्टाटस लेखेपछि जनता आन्दोलित बनेका थिए । बेलका नगरपालिकाविरुद्ध जनताले आन्दोलन गरिरहेका बेला (गएको साउनमा) भ्रष्टाचारको प्रमाण मेटाउँन रातारात डकुमेन्ट भेडेटार पुर्‍याइएको उपमेयर चौधरीले बताएकी छिन् ।

हाम्रो शब्दसँगको एक अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएकी हुन् । उनले आफुसँग नगरपालिकामा भएका भ्रष्टाचारको प्रमाण रहेको र आफ्नो कार्यकाल सकिएपछि सम्पति शुद्धिकरणमा मुद्धा हाल्नेसमेत चेतावनी दिएकी छिन् ।

गएको साउनमा भएको आन्दोलन र त्यसबेला डकुमेन्ट भेडेटार पुर्याइएको घटनालाई पुष्टि गर्न उनले भनिन्, ‘यता (बेलकामा) ३,४ दिन आन्दोलन भइराखेको छ । उता रातारात भेडेटार लगेर डकुमेन्ट मिलाइराखेको छ । गाडि रिजव गरेर गाइघाटबाट उहाँ (भेडेटार) पुर्‍याइएको छ डकुमेन्ट ।’

भ्रष्टाचार भएको दाबी गर्दै उनी थप्छिन्, ‘यौटा खरदारको तलब २२, २५ हजार हुन्छ, त्यो खरदारको करोडौँको सम्पति कहाँबाट आयो ? छ महिनामा फेरी अर्को घडेरी झुम्कामा किन्ने पैसा कहाँबाट आयो ?’

‘बेलकामा कार्यरत खरदार धमाधम घडेरी किन्न थाले ?’ भन्ने हाम्रो शब्दको प्रश्नमा उनले भनिन्, ‘धमाधम ! तपाई कतिपय कर्मचारी (बेलकामा कार्यरत) गएर हेर्नुहोस्, धमाधम घडेरी किनरहेको छ, घर बनाइरहेको छ । कहाँबाट आउँछ ? त्यहि २० हजार २२ हजार (तलब भन्न खोजिएको) बाट पुग्छ ?’

कानुनी प्रकृया पुर्‍याइएर भ्रष्टाचार भइरहेकोसमेत उपमेयरको भनाई छ । १ गाडी डकुमेन्ट भेडेटार लगेर रातारात मिलाए भ्रष्टाचारको प्रमाण मेटेको उनको दाबी छ ।

डकुमेन्ट मिलाउँने कर्मचारीको संख्या नै तोकर उनी भन्छिन्, ‘१० दिन, १५ दिनसम्म मिलाएका छन् ६ जना कर्मचारीले ।’ सामान्तवादको प्रबृतिका कारण मेयर दुर्गाकुमार थापाले आफुलाई सधैँ दवावमा राखेको उनको आरोप छ ।

८ कक्षादेखि अनेरास्ववियूमा राजनीति गरेको, महिला संगठन, महिला मानवअधिकारवादी रक्षक सञ्चालमासमेत काम गरेर आएका कारण आफु त्यतिकै चुप लागेर नबस्ने उनको भनाई छ ।

बाहिरबाट हेर्दा बेलका हाइहाई देखिए पनि भित्र खोक्रो रहेको चौधरी बताउँछिन् । कृषि, शिक्षाजस्ता क्षेत्रमा भ्रष्टाचार ब्याप्त रहेको उनको दाबी छ । भ्रष्टाचारविरुद्ध बोल्दा आफुलाई एक्ल्याइएको उनी बताउँछिन् ।

आफुले भ्रष्टाचारविरुद्ध बोलेदेखि मेयरसँग बोलचालसमेत टुटेको र सम्बन्ध बिग्रिएको चौधरीको भनाई छ । आफुले राजीनामा दिन्छु भनेपछि पार्टी (नेकपा) ले कुरा सच्याउँन लगाएको र पार्टीको दवावका कारण आफु कुरा सच्याउँन बाध्य भएको उनी बताउँछिन् ।

 

यो पनि…..

बेलकाका मेयर–उपमेयरबीच बोलचालन नै बन्द

यो पनि…..

बेलकाका मेयर–उपमेयरबीच बोलचालन नै बन्द

Post Views: 765
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

मुख्य समाचार

रामधुनीमा बजार व्यवस्थापनको आवश्यकता

चैत्र २९, २०७७
ब्यानर न्युज

म्यानमार घटनाबारे मानवअधिकारकर्मीले भने, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’

चैत्र २०, २०७७
ब्यानर न्युज

नागरिक समाज इटहरीले भन्यो : जनता क्याम्पसका विद्यार्थीको मागका सम्बन्धमा छलफल हुनु जरुरी छ

चैत्र ८, २०७७
दृष्टिकोण

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गरेर ओलीले खड्ग चलाउँदैछन्, होशियार : डा.भट्टराई

चैत्र ८, २०७७
ब्यानर न्युज

मनोमानी शुल्क असुलेको भन्दै इटहरीको विश्व आदर्श कलेजका विद्यार्थी आन्दोलनमा

फाल्गुन २९, २०७७
ब्यानर न्युज

रामधुनीका बालबालिकालाई उद्घोषण तालिम सुरु

फाल्गुन २७, २०७७
Next Post

बुढेसकालमा बेसहारा बन्नुपरेको गन्धर्वको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द