बेलका । उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले थारु समुदाय बेलकाको गहना भएको बताएका छन् ।
आइतबार वडा नं २ स्थित बेल्हामा थारु संग्राहलय उद्घाटन गर्दै मेयर थापाले यस्तो बताएका हुन् ।
कुनै पनि समुदायको उत्थानमा जात प्रधान नहुने भन्दै थापाले थारु समुदायको उत्थानका लागि थारुकै छोरा हुन नपर्नेसमेत बताएका छन् ।
सम्पुर्ण जातजाती धर्म समुदायको उत्थानमा बेलका लागिपरेको र त्यसमा पनि थारु समुदायलाई आफुले प्राथमिकताकासाथ हेरिरहेको उनले बताए ।
फरक प्रशंगमा मेयर थापाले आफ्नो नगरपालिकाले हाल १९ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई उच्च प्राविधिक शिक्षा अध्यनमा सहयोग गरिरहेको र असहाय, विपन्न विद्यार्थीलाई सहयोग गर्न तयार रहेकोसमेत बताएका छन् ।