• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

रामधुनीमा १५ शैयाको अस्पताल शिलान्यास

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर १६, २०७७
33
SHARES
205
VIEWS
Share on Facebook
ADVERTISEMENT

१६ मंसिर, रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको छ ।

वडा नं ६ स्थित बकलौरी स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै नगर अस्पताल बनाउँने नगरपालिकाको निर्णयसँगै सोमबार अस्पताल शिलान्यास गरिएको हो ।

सरकारले सोमबार देशभर ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री भिम आचार्य, पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेशसभा सदस्य जयकुमार राई, नगरप्रमुख जयप्रकाश चौधरी लगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

अस्पताल बकलौरीमा नभई ढेडीगाउँमा बनाउनुपर्ने माग राख्दै आएको ‘ढेडीगाउँ नगर अस्पताल बचाउ संघर्ष समिति’ ले कार्यक्रमस्थलबाहिर बिरोधस्वरुप कालो झण्डा देखाउँदै प्रदर्शन गरेको थियो ।

संघर्ष समितिलाई जसता जनता समाजवादी पार्टी (जसपा) कोसमेत समर्थन रहेको थियो । बिरोधमा जसपाका रामधुनी अध्यक्ष रामबहादुर खड्कासमेत सहभागी बनेका थिए ।

बिरोधमा सहभागी जसपा रामधुनीका अध्यक्ष रामबहादुर खडकासहित संघर्ष समिति ।

कडा सुरक्षाकाबीच अस्पताल शिलान्यास भएको थियो । विरोध प्रदर्शन गर्नेलाई स्थानीय युवाहरुले ‘बिकास बिरोधी मूर्दावाद’ भन्दै झण्डा खोसेर जलाइदिएका थिए ।

विरोध प्रदर्शन गर्नेहरुको कालो झण्डा खोसेर जलाउँदै युवाहरु । तस्बिर : हाम्रो शब्द ।

अस्पतालको कुल लागत १८ करोड ६२ लाख हाराहारीमा रहेको र यो बर्ष ३ करोड बजेट प्राप्त हुने नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपानेका अनुसार बहुबर्षिय योजनाको रुपमा अस्पताल बन्ने र त्यसका लागि २ बर्षको समय रहेको छ ।

प्रदर्शनकारीको झण्डा खोस्न तम्सिएका युवाहरुलाई रोक्दै प्रहरी ।

 

Post Views: 841
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

विष्णु पौडेलको बर्थ डे केक काट्दै सुरु भयो नेकपा सचिवालय बैठक (फोटोफिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द