• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

रामधुनीमा अस्पताल विवाद : भाला, खुकुरी लिएर ‘मार–मार’ भन्दै आफुहरुमाथि आक्रमण गर्दासमेत प्रहरी मूकदर्शक बनेको जसपाको आरोप

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर १७, २०७७
151
SHARES
942
VIEWS
Share on Facebook

१७ मंसिर, रामधुनी । ढेडीगाउँमा बनाउँनुपर्ने नगर अस्पताल बकलौरीमा बनाएको भन्दै विरोध प्रदर्शन गर्ने क्रममा आफुहरुमाथि आक्रमण गरिएको जनता समाजवादी पार्टी (जसपा) ले आरोप लगाएको छ ।

मंगलबार पार्टीकोतर्फबाट जसपा रामधुनीका अध्यक्ष रामबहादुर खडकाले एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

सोमबार सरकारले देशभर आधारभूत अस्पतालको शिलान्यास गरेको थियो । त्यसमा रामधुनी नगरपालिकाले वडा नं ६ स्थित बकलौरी स्वास्थ्य चौकीलाई स्तरोन्ती गर्दै अस्पताल बनाउँन शिलान्यास कार्यक्रम राखेको थियो ।

बकलौरीमा नभई ढेडीगाउँमा अस्पताल बनाउँनुपर्ने अडान राख्दै आएको एक संघर्ष समिति र त्यसलाई समर्थन गरिरहेको जसपा पार्टीले शिलान्यास स्थलबाहिर बिरोधस्वरुप कालो झण्डा देखाएका थिए ।

कालो झण्डा देखाउँने क्रममा जसपाका नगर अध्यक्ष रामबहादुर खडका, सचिव चन्द्रभुषण झा, संघर्ष समितिका संयोजक प्रदिव कुमार चौधरी, सचिव खगिन चौधरी लगायत विरोधमा उपस्थित नेता–कार्यकर्तालाई भाला, खुकुरी र लाठी लिई सांघातिक आक्रमण गर्दासमेत प्रहरी मूकदर्शक बनेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपाका नेता भिम आचार्यको निर्देशनमा आक्रमण भएकोसमेत जसपाको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘नेकपा १ नं प्रदेश इन्चार्ज भिम आचार्यको निर्देशनमा सोही वडा निवासी वडा नं ६ का युवासंघ अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा १५/२० जनाको समुहले मार–मार भन्दै सांघातिक आक्रमण गर्दा प्रहरी प्रशासन मूकदर्शक रहेकोप्रति जनता समाजवादी पार्टी घोर भर्सना गर्दछ ।’

जसपा रामधुनीद्धारा जारी प्रेस विज्ञप्ति ।

यहि घटनालाई लिएर जसपा सुनसरी जिल्ला समन्वय समितिलेसमेत प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने जनताको अधिकारलाई कुण्ठित गरी निरंकुश शैलीमा गरेको दमन र आक्रमण गर्न प्रोप्साहन गर्ने सरकारकोसमेत निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

घटनालाई लिएर जसपा सुनसरी जिल्ला समन्वय समितिद्धारा जारी प्रेस विज्ञप्ति ।

 

यो पनि …..

रामधुनीमा भिम आचार्यको निर्देशनमा आफ्ना नेता-कार्यकर्तालाई खुकुरी लिएर आक्रमण गरिएको जसपाको आरोप (विज्ञप्तिसहित)

Post Views: 1,339
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

पुनः विवाह गर्दै श्वेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द