१८ मंसिर, सुनसरी । हालसम्म विश्वमा कोरोना भाइरसको संक्रमणका कारण १४ लाख ७५ हजार ८२५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार २८ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ९१ हजार ४२० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
हालसम्म विश्वमा ६ करोड ३३ लाख ६० हजार २३४ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
(बाह्रखरीबाट)