१८ मंसिर, सुनसरी । नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलको गिरफ्तारीको बिषयलाई लिएर पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखका छन्, ‘राजावादीलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार ? ओली सरकारको के हो चाला ?’
रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न रोक लाउँन नहुँनेसमेत उनको भनाई छ ।
सरकारको नियतमा प्रश्न गर्दै उनी थप्छन्, ‘रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक ? दालमा कालो देखियो है !’
तनहुँमा पुल उद्घाटन गर्न पुगेका नेता पौडेलाई प्रहरीले निषेधाज्ञा तोडेको आरोपमा बुधबार पक्राउ गरेको थियो ।