१८ मंसिर, सुनसरी । साझा र विवेकशीलले रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी एकता गर्ने तयारी गरिरहेका बेला विवेकशील नेपाली दलको प्रवास संगठन साझा पार्टीसँगको एकता प्रकृयामा सहभागी नहुने भएको छ ।
विवेकशीलको प्रवास संगठन एकताको विपक्षमा देखिएको छ । विवेकशीलका प्रवास संगठनका अतर्राष्ट्रिय संयोजक सञ्जय रिमाल आतिथ्यमा बसेको युएसएको बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष रिमाल, महासचिव सुवास बस्नेत लगायत विभिन्न १४ देशमा रहेका सदस्यले साझासँगको एकता पश्चात बन्ने विवेकशील–साझा पार्टीमा आबद्ध नहुने बताएका छन् ।
जर्मनीका सदस्यहरले पनि एकतापछि बन्ने विवेकशील साझामा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेका छन् । अरु देशको पनि विज्ञप्ति आउने क्रम जारी रहेको महासचिव सुवास बस्नेतले जानकारी दिएको बताइएको छ ।