२५ मंसिर, रामधुनी । झुम्का जेसीजले ‘जेसीज सप्ताह २०२०’ साताभरी विभिन्न कार्यक्रम गरी मनाएको छ ।
कोरोना भाइरसको संक्रमणकाबीच स्वास्थ्य सावधानी अपनाउँदै जेसीजले धार्मिक पर्यटकीयस्थलको रुपमा रहेको रामधुनी मन्दिर सरसफाई, छोटो दुरीको साइकल र्याली, रक्तदान, इटहरीको मायाघरमा फलफूल तथा खाद्यान्न बितरण, प्रहरीलाई माहामारीबाट जोगिन स्वस्थ्य सामाग्री बितरण र वडास्तरीय महिला भबिल प्रतियोगीता गरेर जेसीज सप्ताह मनाइएको महासचिव बलराम चौलागाईँले जानकारी दिए ।
भलिबलको उपाधी रामधुनी ९ लाई
मंगलबार जेसीज सप्ताहको समापनका दिन आयोजित महिला भलिबल प्रतियोगीताको उपाधी रामधुनी वडा नं. ९ ले हात पारेको छ ।
वडा नं. १ लाई सोझो दुई सेटले पराजित गर्दै ९ नं. वडा विजेता बन्न सफल भएको हो । त्योसँगै वडा नं. १ ले उपविजेतामा चित्त बुझाएको छ ।
विजेताले नगद ११ हजार १ सय र उपविजेताले ७ हजार १ सय, शिल्ड, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
मंगलबार नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यता जेसीजले पुरस्कार वितरण गरेको थियो ।