• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

विद्यार्थीको अगुवाइमा क्याम्पसमा मन्दिर बन्दै

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर २५, २०७७
8
SHARES
47
VIEWS
Share on Facebook

२५ मंसिर, बेलका । उदयपुरको बेलका नगरपालिकास्थित बेलका जनता क्याम्पसमा विद्यार्थीको अगुवाइमा सरस्वती मन्दिर बन्ने भएको छ ।

गएको सोमबार त्यसको सिलान्याससमेत गरिएको छ । सिलान्यास भएपछि मन्दिर निर्माणको बिषयमा विद्यार्थी र क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमण भट्टराईलेसमेत सक्रियता देखाएका छन् ।

मन्दिर निर्माण समितिमा विद्यार्थीको नेतृत्व छ । विद्यार्थीकै अग्रसरतामा मन्दिर निर्माण गरिने भएकाले आफुहरु उत्साहकासाथ लागिरहेको निर्माण समितिका संयोजक सुमन सागर खतिवडाले बताए ।

उनका अनुसार त्यसको लागत करिब ३ लाख हाराहारीमा रहने छ । प्राबिधिक स्टिमेट तयार गरिसकिएको छ ।

क्याम्पस सुधारमा सक्रिय सञ्चालक समिति

५० जना भन्दा बढी विद्यार्थी अध्यनरत नगरपालिको एकमात्र क्याम्पस हो बेलका जनता । त्यहाँ हाल बाणिज्य सन्काय अध्यन भैरहेको छ । अन्य संकाय थप्ने र क्याम्पसको गुणस्तरमा वृद्धि गर्ने काम बाँकी छन् ।

स्थानीय तहको निर्वाचनपछि नगरपालिकाको सहयोगमा क्याम्पसमा २ ओटा भवन् निर्माण भएका छन् भने एउटा भवन् प्रदेश सरकारको सहयोगमा निर्माण भएको छ ।

भर्खरै क्याम्पसमा सरस्वती मन्दिरको सिलान्यास भएको छ । उक्त कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष भट्टराईले ५० हजारको विद्यार्थी छात्रवृत्ति कोष घोषणा गरेका छन् ।

क्याम्पसमा भौतिक संरचना सुधारदेखि शैक्षिक सुधारका क्षेत्रमासमेत सञ्चालक समितिले सकारात्मक भूमिका निर्वाह गरिरहेको मन्दिर निर्माण समितिका संयोजकसमेत रहेका विद्यार्थी खतिवडाको तर्क छ । उनका अनुसार स्थानीय तह र प्रदेश सरकारले क्याम्पसका भवन निर्माण गरिदिनुमासमेत सञ्चालक समितिको ठूलो भूमिका रहेको छ ।

केहि दिअघि एक कार्यक्रममा अध्यक्ष भट्टराईले मुख्यमन्त्री शेरधन राइलाई साँची राखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नम्बर प्रदेश कमिटी सचिव तथा प्रतिनिधिसभा सदस्य सुरेश कुमार राईलाई थप संकाय लगायत क्याम्पसको भौतिक पूर्वाधार बिकासमा सहयोग गर्न आग्रह गरेका छन् ।

क्याम्पसको तर्फबाट एक ग्यापनपत्र हस्तान्तरण गर्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रतिनिधिसभा सदस्य राई संसदीय समिति अन्तर्गत शिक्षा उप–समिति संयोजक हुन् ।

आफु पनि बेलकाबासी भएको हुदाँ यहाँको क्याम्पस सुधार सहयोग गर्ने राईले प्रतिबद्धता जनाएका छन् ।

Post Views: 158
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

ब्यानर न्युज

विद्यार्थीलाई जन्मदिनमा वडाअध्यक्षले दिए शैक्षिक सामग्री उपहार

माघ १३, २०७७
दृष्टिकोण

रामकुमारीको आह्वान –तानाशाही शासकविरुद्ध शसक्त आन्दोलन गरौँ

माघ १३, २०७७
दृष्टिकोण

नागरिक अगुवामाथिको दमन लोकतन्त्रको उपहास : रामकुमारी चौधरी

माघ १३, २०७७
ब्यानर न्युज

आफ्नै भवन बनाउँन भासी क्याम्पसलाई १० कठ्ठा जग्गा

माघ १२, २०७७
दृष्टिकोण

गृहमन्त्री थापा भन्छन् : चुनाव सर्न सक्छ

माघ १२, २०७७
दृष्टिकोण

संसद् विघटन असंवैधानिक हो भन्ने मान्छे संविधान विरोधी हुन् : प्रधानमन्त्री ओली

माघ ११, २०७७
Next Post

झुम्का जेसीजले यसरी मनायो ‘जेसीज सप्ताह २०२०’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द