२६ मंसिर, सुनसरी । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्श’ प्रकाशित भएको छ ।
पुस्तकमा डा. भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक घटनाक्रमहरु समेटिएका छन ।
पुस्तकमा डम्बर खतिवडाले भूमिका लेखेका छन्, जसमा भनिएको छ, ‘यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक–वैचारिक परिवेशलाई बुझ्न र विशेषतः उतर–गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ ।’
वर्तमान उत्तर–पुँजीवादी देश–कालका संरचनात्मक समस्याको सही चिरफार नगरी र तिनको वस्तुनिष्ठ वैचारिक,अर्थ–राजनीतिक समाधान नखोजी अहिले आवस्यक वैकल्पिक राजनीतिक शक्ति निर्माण हुन नसक्ने डा भट्टराईको तर्क छ ।
पुस्तक २७४ पृष्ठको रहेको छ र यसको मूल्य ४६४ रुपैयाँ तोकिएको छ ।