• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

उखु किसानको साथमा विवेकशील साझा

हाम्रो शब्द by हाम्रो शब्द
मंसिर २८, २०७७
4
SHARES
28
VIEWS
Share on Facebook
ADVERTISEMENT

२७ मंसिर, सुनसरी । विवेकशील साझा पार्टीले आफ्नो पशिना र मेहनतको प्रतिफल पाउँन काडमान्डौ पुगेका उखु किसानको साथमा आफुहरु रहेको बताएको छ ।

पार्टीका अध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा पार्टीकोतर्फबाट एक स्टाटस लेख्दै उखु किसानहरूको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण ऐक्यबद्धता रहेको बताएका छन् ।

उखु किसानले राजधानी आएर आन्दोलन गर्नुपर्ने परिस्थिका लागि सरकार जिम्मेवार रहेको उनको ठहर छ ।

रबिन्द्र मिश्रले लेखेको स्टाटस जस्ताको त्यस्तै ।
विवेकशील साझा उखु किसानको साथमा (प्रकाशन र प्रसारणका लागि सक्दो शेयर गरिदिन आग्रह सहित)
उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा विवेकशील साझा पार्टी पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ। आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउन समेत सयौँ किलोमिटर टाढा सङ्घीय राजधानी आएर प्रदर्शन गर्नुपर्ने दुखदायी परिस्थितिका लागि मूलतः सरकार जिम्मेवार छ।
गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो। तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाह पाएर सरकारले चिनी उद्योगी खोज्न थाल्नु खेदजनक छ।
यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको छ। यदि सरकार किसानको पक्षमा छ भने, हामी नेपाल सरकारलाई उखु किसानहरूले आइन्दा एक दिन पनि सङ्घर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध गर्दछौँ।
साथै काठमाडौँको यो जाडोमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषक मित्रहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि अनुरोध गर्दछौँ।
कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट गरिनु पर्दछ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ। सबै कृषि उपजहरूमा उपयुक्त न्यूनतम समर्थन मूल्य आजकाे आवश्यकता हो। मुलुक कृषिमा आत्मनिर्भर हुनको लागि पनि यो महत्त्वपूर्ण छ।
हामी नेपाल सरकारसँग उखु किसानहरूको समस्या तत्काल समाधान गरी किसानहरूको पक्षमा तत्काल लागू हुने निर्णय गर्न अनुरोध गर्दछौँ।
विवेकशील साझा पार्टी
बखुण्डोल, ललितपुर
२८ मंसिर २०७७
Post Views: 105
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

सरकारविरुद्ध देशभर कांग्रेसको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द