२९ मंसिर सुनसरी । आफुहरुको पसिनाको मूल्य माग्दै उखु किसानले सोमबार पनि काठमान्डौको सडकमा धर्ना बसेका छन् ।
आफुहरुले उत्पादन गरेर चिनी मिललाई बेचेको उखुको मुल्य दिलाइदिन माग गर्दै काडमान्डौको सडकमा किसानले दोस्रो दिन पनि धर्ना बसेका हुन् ।
काठमाडौंको माइतीघरमा उनीहरूले हिजो आइतबारदेखि धर्ना थालेका हुन् । आज दोस्रो दिन सोमबार पनि किसानहरू विभिन्न प्लेकार्ड लिएर उखुको मूल्य दिलाइदिन सरकारसँग माग गर्दै धर्नामा बसेका छन् ।