चर्चित बलिउड गायिका नेका कक्कड आमा बन्ने भएकी छिन् ।
नेहाले इन्स्टाग्राममा आफ्नो र उनका श्रीमान् रोहनप्रितको सिंह फोटो राखेकी छिन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘३ अब ख्याल राख्नु।’ जसमा नेहाको बढेको पेट स्पष्ट देखिन्छ ।
उनले यो जानकारी आफ्नो इन्स्टाग्राममा फोटो सेयर गर्दै सार्वजनिक गरेको खबर भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलेसमेत छापेको छ ।
नेहाको यो पोष्ट र क्याप्सनमा रोहनप्रितले प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘अब त तिम्रो ख्याल झन् बढी राख्नुपर्छ नेहु।’
नेहाले तस्वीर सार्वजनिक गरेलगत्तै उनलाई बधाइ दिन उनका प्रशंसक र बलिउडका कलाकारहरूको ओइरो लागेको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार नेहा र उनको प्रेमी रोहनको विवाह अक्टुबर २४ तारिकमा भएको थियो । यी दम्पती हनिमुनका लागि दुबई पुगेका थिए । बिबाह भएको छोटो समयमै नेहा गर्भवती भएकी छिन् ।