सुनसरी । उखु किसानको आन्दोलन राजनीतिक भुमरीमा परेको छ ।
आफ्नै मेहनत र पसिनाले उत्पान गरेर बेचेको उखुको ९० करोड बक्यौता रकम उठाउन मध्यपुसको चिसोमा किसान ११ दिनदेखि राजधानीका सडकमा आन्दोलनरत छन् ।
तर, संसद् विघटन गर्ने सरकारको पछिल्लो कदमले किसानको पैसा मात्रै होइन, मुद्दा पनि ओझेलमा परेको छ ।
आन्दोलनका लागि काठमाडौं आएका किसान गौशालास्थित धर्मशालामा बसेका छन् । बिहान ११ बजे उनीहरू माइतीघर चोकमा पुग्छन्, उखु बेचेको रकम उठाइदिन माग गर्दै दिनभरि चिसो सडकमा धर्ना दिन्छन । बुधबार उनीहरूले उखुको लाँक्रा र हलो–जुवा प्रदर्शन गर्दै विरोध जनाए ।