सुनसरी । सार्वभौम संसदको असंबैधानीक विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।
‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् ।
उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् । नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आजबाट सडक संघर्ष चर्काउने भएको छ ।
बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड–माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । त्यसक्रममा १० बजे माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् ।
यसैगरी शुक्रबारै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।