सुनसरी । जनता समाजवादी पार्र्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले प्रचण्ड र माधवकुमार नेपाललको टाउकोमा खडग हान्न मात्र बाँकी रहेको बताएका छन् ।
संसद विघटनविरुद्ध काठमान्डौमा आइतबार जसपाको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।
प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेकोप्रति ब्यंग्य गर्दै उनी भन्छन्, ‘ओलीले गोदेकोगोदै छन् । अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ के बोलाउनु हुन्छ ?’
ओलीको नियत चुनाव गराउँने नभई शासन गर्नेमात्रै भएको उनको भनाई छ । कांग्रेसलाई पनि सडक संघर्षमा आउन भट्टराईले आग्रह गरेका छन् ।
‘चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा कांग्रेसका मित्रहरू नपर्नुस्,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका होइनन्? हामीले भाग लियौं? लिएनौं ।’