रामधुनी । कोरोना महामारीका बीचमासमेत रामधुनी वडा नं. ५ को पुँजीगत खर्च सन्तोसजनक नै देखिएको छ ।
चालु आर्थिक बर्षको पहिलो ५ महिनाको तथ्यांकलाई हेर्दा वडा नं. ५ को अबस्था सन्तोसजनक देखिएको हो ।
वडा नं. ५ ले अन्य वडाको तुलनामा सबैभन्दा धेरै ३३.१७ प्रतिशत पुँजीगत खर्च गरेको छ ।
आइतबार रामधुनी नगरपालिकाको आर्थिक बर्षको पहिलो पाँच महिने समिक्षा कार्यक्रममा नगरपालिकाले प्रस्तुत गरेको एक प्रतिबेदनले यस्तो तथ्यांक देखाएको हो ।
जसमा वडा नं. ५ सबैभन्दा धेरै बिकास खर्च गर्ने वडामा परेको छ भने वडा नं.८ सबैभन्दा कम अर्थात ०.३५ प्रतिशत खर्च गर्ने वडामा परेको छ । त्यस्तै वडा नं. ६ को पनि एक प्रतिशतभन्दा कम अर्थात ०.७२ प्रतिशत खर्च भएको पाइएको छ ।
‘विकासका लागि खर्च गर्न छुट्याएको पुँजीगत खर्चको रकम वडा नं. ५ ले सदुपयोग गरेको देखिएको र अन्य वडाले पनि अब बिस्तारै गम्भीर भएर खर्चलाई प्राथमिकता दिन्छन् । वडाअध्यक्ष ज्यूहरु त्यसप्रति गम्भीर हुनुहुन्छ ।’ प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रशाद न्यौपानेले कार्यक्रममा बोल्दै भने ।
समग्र नगरपालिको कुल पुँजीगत खर्च ५.६९ प्रतिशत मात्रै देखिएको छ ।
कोरोना महामारी, दशैँ तिहारजस्ता चाडपर्व, साउन भदौको बर्षा लगायतका कारणले आर्थिक बर्षको पहिलो पाँच महिनामा खासै काम गर्न नसकिए पनि बिस्तारै त्यसले गति लिने अधिकृत न्यौपाने बताउँछन् ।
कुन वडाको खर्च कति ?
यो पनि……
रामधुनीमा कमजोर पुँजीगत खर्च : २ ओटा वडामा एक प्रतिशतभन्दा कम