रामधुनी । पूर्व राज्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि केन्द्रीय सदस्य रामकुमारी चौधरीले प्रधानमन्त्री केपी ओलीको विवेक गुमेको र त्यसको उपचार सडकबाटै गर्ने बताएकी छिन् ।
संसद विघटनको निर्णयविरुद्ध सुनसरीको सदरमुकाम इनरुवामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै निवर्तमान सांसदसमेत रहेकी चौधरीले भनिन्, ‘केपी ओलीको विवेक गुमिसकेको छ । विवेक गुमेको केपी ओलीको उपचार हामी सडकबाटै गर्छौ ।’
आफुहरुले ओलीको उपचार सडकबाट गरिरहेको र त्यसमा सबै समुदायले साथ दिने उनको भनाई छ ।
जनताले विश्वास गरेर दिएको दुइतिहाई हाराहारीको बहुमतको अबमुल्यन गर्दै ओलीले ताजा जनादेशको नाममा चुनावको नाटक गरेको र कुनै पनि हालतमा उनको नियत चुनाब गराउँने नभएको चौधरीको आरोप छ ।
ज्ञानेन्द्र शाहले पनि गैरसंबैधानीक तवरले चुनावको घोषणा गरेको स्मरण गराउँदै उनले थपिन, ‘यो केपी ओली नामको अर्को ज्ञानेन्द्र शाह हो ।’
न्यायलयप्रति आफ्नो भरोसा रहेको र त्यहाँ संबिधान र जनताको पक्षमै फैसला हुने चौधरीको भनाई छ । केपी ओलीले संबिधानलाई कुल्चिएको र सबै निर्णय गैरसंबैधानीक ढंगले गरिरहेको भन्दै चुनाब चिन्हप्रति अल्पमतका ओलीले गरेको दावी हास्यासपद भएको उनले बताइन ।
अहिले ओलीले चालेका सम्पुर्ण गैरसंबैधानीक कदम तुरुन्तै फिर्ता नलिए २५० बर्ष पुरानो तानाशाही राजतन्त्र फ्याकेका जनताले ओलीजस्तालाई फ्याक्न समय नलाग्ने उनको भनाई छ ।