रामधुनी । प्रतिनिधिसभा विघटनको बिरोधमा सुनसरीको इनरुवामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुस्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समुहले विरोध प्रदर्शन गरेको छ ।
मंगलबार संसद पुनस्थापनाको मागसहित नेकपा सुनसरीको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
नेकपा प्रचण्ड–माधव समुहका नेता एवम् स्थायी समिति सदस्य भीम आचार्य, सुनसरी जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य धर्म निरौला, पूर्व राज्यमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य रामकुमारी चौधरी लयागतका नेताहरुको उपस्थितिमा विरोध प्रदर्शन भएको हो ।