रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि केन्द्रीय सदस्य एवम् सांसद रामकुमारी चौधरीले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुरा पुष्टि गर्नका लागि राष्ट्रघाती कामसमेत गर्न तयार हुने बताएकी छिन् ।
शनिबार इटहरीमा प्रचण्ड–माधव नेपाल समुहको सुनसरी जिल्ला कमिटीको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्रीसमेत रहेकी चौधरीले यस्तो बताएकी हुन् ।
निर्वाचन आयोगले प्रचण्ड–माधव समुहको निवेदन फिर्ता गरेको भन्ने प्रधानमन्त्रीको झुटो अविव्यक्ति स्मरण गराउँदै उनले भनिन्, ‘ओलीले आफ्नो कुरा पुष्टि गर्नका लागि झुट बोल्नुपर्छ कि, राष्ट्रिघाती काम गर्नुपर्छ कि, अथवा जेजे गर्नुपर्छ सबै गर्न तयार हुन्छन् ।’
पानीजहाज, रेल, घरघरमा पाइपलाइबाट ज्ञास ल्याउँने भन्दै जनतालाई गफ दिएर ओली सरकार आफु भ्रष्टाचारमा चुर्लुम्म डुबेको चौधरीको आरोप छ ।
गोकुल बास्कोटाको ७० करोड बार्गेनिङ्को छानबिन गर्न नमानेको, यति काण्ड, ओम्नी काण्डजस्ता काण्डमा रुपलिएको, पार्टीमा छलफल नै नगरी सुटुक्क बजेटमा एमसीसी घुसाएको तर पार्टीमा छलफलका लागि बोलाउँदा ओली त्यसबाट भाग्न खोजेको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीलाई संघीयताविरोधी भएको अरोप लगाउँदै उनका नजिकका पात्रहरुले संघीयता खारेजीको माग गरिरहेकोप्रति उनले आपत्ति जनाएकी छिन् । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निजी सम्पति नभएको उनको भनाई छ ।