• गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
हाम्रो शब्द
No Result
View All Result
Home ब्यानर न्युज

सुनसरीमा धर्मराज निरौलाको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन

हाम्रो शब्द by हाम्रो शब्द
पुस १९, २०७७
40
SHARES
251
VIEWS
Share on Facebook

रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीको प्रचण्ड–माधव नेपाल समुहले संसद विघटनको विरोधमा आन्दोलन गर्न पार्टीका केन्द्रीय सदस्य एवम सुनसरी जिल्ला इन्चार्ज धर्मराज निरौलाको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।

शनिबार इटहरीमा प्रचण्ड–माधव समुहको सुनसरी जिल्ला कमिटीको विस्तारित बैठक तथा भेलाले १५ सय ९१ सदस्यीय आन्दोलन परिचालन समिति घोषणा गरेको हो ।

भेलामा उपस्थित नेता-कार्यकर्ता । तस्बिर : हाम्रो शब्द ।

आन्दोलनलाई व्यवस्थित बनाउन ३५ सदस्यीय सचिवालय र विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

जसअन्तर्गत जिल्ला संगठन विभाग प्रमुख नन्दकुमार बस्नेतको नेतृत्वमा स्वयम्–सेवक परिचालन, प्रदेश कमिटी सदस्य मुक्सामहाङ्ग मेन्याङ्बोको नेतृत्वमा स्रोत परिचालन र प्रेस संगठन प्रदेश १ संयोजक राजन केडीको नेतृत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको आन्दोलन परिचाल समितिका संयोजक निरौलाले जानकारी दिए ।

भेलालाई सम्बोधन गर्दै निरौलाले प्रधानमन्त्री केपी ओलीले असंबैधानीक कदम चालेर संविधानमाथि बञ्चरो प्रहार गरेको आरोप लगाएका थिए । कम्युनिष्ट आन्दोलनका विभिन्न पाटाहरुको चर्चा गर्दै ओली दक्षिणपन्थी विसर्जनवादी भएको निरौलाको भनाई छ । मदन भण्डारी फाउण्डेशन लगायतका नाममा प्रधानमन्त्री ओलीले पहिलादेखि नै पार्टी विभाजनको सुरुवात गरेको उनको आरोप छ ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका पार्टीका स्थायी समिति सदस्य एवम् प्रचण्ड–माधव समुहका नेता भीम आचार्यले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले देश र पार्टीलाई बर्बाद बनाएको आरोप लगाएका थिए ।

Post Views: 391
हाम्रो शब्द

हाम्रो शब्द

Related Posts

दृष्टिकोण

ओलीलाई बाबुरामको सुझाव : हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन, अतिले खति गर्छ

फाल्गुन १७, २०७७
बिचार

न्यायलयप्रति जनताको उच्च सम्मान र बिश्वास सधैं रहिरहने छ : रामकुमारी चौधरी

फाल्गुन १२, २०७७
ब्यानर न्युज

सर्वोच्चको सम्मानमा रामधुनीमा दिप प्रज्वलन

फाल्गुन १२, २०७७
बिचार

नढाँटी भन्दा हामीले झुम्का बधशाला सञ्चालनमा खासै ध्यान दिएका छैनौँ : न्यौपाने

फाल्गुन ८, २०७७
ब्यानर न्युज

फागुन ८ को जनसभामा रामधुनीबाट १५०० जना बिराटनगर लाने ओली समूहको निर्णय

फाल्गुन ६, २०७७
ब्यानर न्युज

रामधुनीमा ओली समूहको निर्णय : इन्चार्ज, सह–इन्चार्ज र सचिवसहितलाई पदबाट निष्काशन

फाल्गुन ६, २०७७
Next Post

आफ्नो कुरा पुष्टि गर्न केपी ओलीले राष्ट्रघाती काम पनि गर्छन : रामकुमारी चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा

सुनसरीको रामधुनीमा प्रधान कार्यालय रहेको शुभयुग मिडिया प्रालिद्धारा संचालित हाम्रो शब्द डककम !
कम्पनी दर्ता नं. : २३८९३५/०७७/०७८
स्थायी लेखा नं. : ६०९७६७७२९८
मोबाइल नं. : ९८६२९७७०६६
इमेलः hamrosabda24@gmail.com

हाम्रो टिम

सम्पादक : अञ्जना चौधरी
कार्यकारी सम्पादक : शिशिर भट्टराई

Like Us On Facebook

Facebook Pagelike Widget
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • हाम्रो समाज
  • शिक्षा
  • अन्तर्वार्ता
  • दृष्टिकोण
  • फोटो फिचर
  • सम्पादकीय
  • अन्य

सर्वाधिकार सुरक्षित ©२०२० हाम्रो शब्द