रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामधुनी नगर कमिटी अध्यक्ष राम कोइरालाले श्रमजीवि जनताको सपनामाथि प्रधानमन्त्री केपी शर्मा ओलीले तुसारपात गरेको आरोप लगाएका छन् ।
शुक्रबार सुनसरीको झुम्कामा प्रचण्ड–माधव नेपाल समुहले आयोजना गरेको रामधुनी नगर कमिटीको बिस्तारित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यो मूलुकका मजदुर, किसान र श्रमिक जनताको पक्षमा काम गर्नुहोस् भनेर पार्टीले पटकपटक निर्देशन दिदा पनि आसेपासे पुँजीवादको पक्षमा लाग्ने र निश्चित पुँजीपति वर्गलाई पोस्ने काम अहिलेको सरकारले गरिरहेको थियो ।’ उनले भने, ‘कि जनताको पक्षमा काम गर्नुहोस्, नत्र पार्टीले कारवाही गर्छ भनेपछि संसद नै विघटन गरेर श्रमजीवि जनताको सपनामाथि ओलीले तुसारपात गरे, सारा नेपाली जनताको सपनामाथि तुसारपात गरे ।’
ओलीको बर्ग नै परिवर्तन भएर पुँजीपति भइसकेको कोइरालाको भनाई छ । प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउँने श्रमिक जनता, मजदुर, किसान र चप्पलछाप जनताको योगदानलाई ओलीले बिर्षिएको उनले बताए ।
निस्चित पुँजीपति बर्गका आफ्ना भरौटेहरुको हातमा ओलीले सत्ताका सम्पुर्ण चावी सुम्पिएर संसद विघटन गरेको भए पनि उनको गलत कार्य लामो समय नटिक्ने र जनताले उनकोविरुद्ध डटेर लड्ने कोइरालाको भनाई छ । उनी भन्छन्, ‘अहिले पनि ओलीले भ्रम फैलाइरहेका छन् । आश्वासनका पोकाहरु बाँढीरहेका छन् ।’
‘सुर्य चुनाब चिन्ह कता जान्छ, त्यता जान्छु’ भन्ने भ्रम नपाल्नसमेत उनले आग्रह गरेका छन् । ‘कम्युनिष्ट पार्टी स्थापना हुँदा सुर्य चिन्ह हेरेर गरिएको होइन । पहिलो संबिधानसभाको निर्वाचनमा तत्कालिन माओवादीले नँया चुनाव चिन्हमासमेत त्यतिका मत ल्यायो ।’ उनले भने, ‘सत्य र न्यायको पक्षमा लडनुुहोस्, आदरणीय कमरेडहरु !’
संसद विघटनको निर्णय असंबैधानीक कदम भएको भन्दै त्यसविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो ।