रामधुनी । रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले झुम्का खसी बधशाला निर्माणमा करिब १ करोड लागत लागेको बताएका छन् ।
बुधबार रामधुनी नगरपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा ‘बधशाला निर्माणको बास्तविक लागत’बारे प्रश्न उठेपछि मेयर चौधरीले यस्तो बताएका हुन् ।
जावाफमा उनले भने, ‘खर्चको मोटामोटी मेशिनसमेत मिलाएर मलाई लाग्छ १ करोड लागत लागेको थियो ।’
मोटो सरकारी रकम खर्च गरेर तत्कालिन भासी गाउँ बिकास समितिले बधशाला निर्माण गरेको भएपनि सञ्चालनमा आउँन नसकेर अहिले उक्त भवन प्रयोगविहीन बनेको छ ।

खोलामाथि प्राबिधिक स्टीमेटविना नै भवन बनाइएका कारण उक्त ठाउँमा बधशाला सञ्चालन गर्न नसकिने मेयर चौधरीको भनाई छ । आफु मेयर भएर आउँनुअघि नै निर्माण गरिएकाले त्यसमा आफु दोषी नभएको उनले बताए ।
यो पनि….