रामधुनी । रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले झुम्का खसी बधशाला सञ्चालन गर्न सकिने अबस्था नरहेको बताएका छन् ।

बुधबार नगरपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा बधशालाबारे उठेका प्रश्नको जवाफ दिँदै मेयर चौधरीले भने, ‘त्यो अप्ठ्यारो छ । सञ्चालन प्रकृयामा ल्याउँन पनि गाह्रो छ । म यहाँहरुलाई जानकारी गराउँछु ।’
आफु मेयर भएर आउँनुअघि नै निर्माण गरिएको भन्दै मेयर चौधरीले निर्माणको चरणमा नै गल्ति भएको बताएका छन् ।
‘घर (बधशाला) बनाउँदा यस्तो ठाउँमा पोल राखिएको छ । त्यो घरको छतनै ढल्लाजस्तो, त्यहाँ मान्छे बस्यो भने कुनबेला एक्सिडेन्ट होला भन्ने डरले पनि त्यो अहिले सञ्चालन हुँने अबस्था छैन ।’ उनले भने, ‘त्यहाँ कस्ता मेशिन खरिद गरिएको हो ? १० दिन पनि चलेन मेशिन, काठमान्डौमासमेत बन्न सकेन ।’
बधशालामा चाहिने मेसिन नै नबनेपछि त्यतिकै ढोका बन्द गरेर राखिएको भएपनि चोरले चोरेर लगेको मेयरले बताए । सार्वजनिक सम्पतिको संरक्षण गर्ने दाइत्व समाजको पनि भएको भन्दै मेशिन चोरी हुँदा त्यहाँको समाजले आफुहरुलाई खबर नगरेकोप्रति उनले गुनासो गरेका छन् ।
बधशाला निर्माणको बास्तविक लागतबारे प्रश्न उठिरहेका बेला मेयर चौधरीले करिब १ करोड लागतमा निर्माण गरिएकोसमेत स्पष्ट पारेका छन् ।
यो पनि…..